7 years ago
April 23, 2018
नेपालगञ्ज (हाम्रो खेलकुद) – एनआइसी एसिया दंगाली गोर्खाज र पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाज आर्शिवाद पेन्ट्स नेपालगन्ज कप टि ट्वान्टी क्रिकेटको उपाधिका लागि भिड्ने भएका छन् ।
दंगाली गोर्खाजले आशिर्वाद पेन्ट्स पाल्पा योद्याजलाई ७ विकेटले हराउँदै फाइनलमा पुगेको हो । त्यस्तै ५ मध्ये ४ खेल जितेको रोल्पा गोरिल्लाज रनरेटका आधारमा अन्तिम २ मा पुगेको हो । १ सय १४ रनको लक्ष्य पछ्याएको दंगाली गोर्खाजले १४.४ ओभरमा ३ विकेट गुमाउँदै जित हासिल गरेको छ ।
टोलीका सदाब अन्सारीले अर्धशतक पुरा गरेका थिए । ३३ बल खेलेका सदाबले आक्रमक ब्याटिङ गर्दै ३३ बलमा ५० रन पुरा गरे । त्यस्तै मनोज सुनारले २१, सद्दाम हुसेनले १७ र कप्तान सन्दीप सुनारले ११ रन बनाए । पाल्पाका लागि कप्तान सिद्दान्त राज शाही,यश हमाल तथा प्रकाश केसीले समान १ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको पाल्पा योद्याजले ७ विकेटको क्षतिमा १ सय १३ रन बनाएको थियो । टोलीका ओपनर प्रकाशले ३०,अनुपम सिंहले २३ र भिम धमलाले १६ रन बनाए । दंगाली गोर्खाजका लागि सन्दीप, शाहिद अन्सारीले समान २ विकेट लिए । सदाब खेलको म्यान अफ दी म्याच घोषित भए । पाल्पा योद्याज प्रतियोगिताबाट बाहिरिएको छ ।
दोस्रो खेलमा अर्घाखाची सिमेन्ट्स बर्दिया टाइर्गसले एबरोल टिएमटी लुम्बिनी यात्रिज ५ विकेटले हराएको थियो । १ सय ७२ रनको लक्ष्य पछ्याएको बर्दिया टाइर्गसले १९.२ ओभरमा ५ विकेट गुमाउँदै जित निकालेको थियो । टोलीका राजविर सिंहले अर्धशतक पुरा गरे । राजवीरले ६९ रन जोडे ।
कप्तान सुवेन्दु पाण्डेले ४८ र आकाश विष्टले ३५ रन बनाए । राजवीर सिंह म्यान अफ द म्याच घोषित भए । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी यात्रीजे २० ओभर १ सय ७१ रन बनाएको थियो । टोलीका कप्तान कृष्ण कार्कीले ४६, सुरज दराईले ३१ र आदिल खानले ३० रन बनाए ।
बर्दियाका लागि आकाश विष्ट,जितेन्द्र सिंह ठकुरी,भरत थापाले समान २ विकेट लिएको थियो । बर्दिया र लुम्बिनी दुवै प्रतियोगिताबाट बाहिरिए । प्रतियोगिताको फाइनल बुधबार हुनेछ । विजेताले १ लाख र दोस्रो हुने टोलीले ६० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]