7 years ago
April 23, 2018
जयपुर (एजेन्सी)– राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबारको दोस्रो खेलमा मुम्बई इन्डियन्सलाई ३ विकेटले हराएको छ । राजस्थानले छैटौं खेलमा तेस्रो खेल जितेको छ ।
पाँचौं खेलमा मुम्बईको यो चौथो हार हो । १ सय ६८ रनको लक्ष्य पछ्याएको राजस्थानले २ बलअघि नै ७ विकेट गुमाएर जित हासिल गरेको थियो । कृष्णप्पा गोथमले अविजित ३३ रन बनाउनुअघि सञ्जु सामसोनले अर्धशतक र बेन स्टोक्सले ४० रन बनाउँदै जितको आधार तयार पारेका थिए ।
३९ बल खेलका सञ्जुले ४ चौकाको मद्दतमा ५२ रन बनाए । २७ बल खेलेका स्टोक्सले ३ चौका र १ छक्का प्रहार गरे । मात्र ११ बल खेलेका कृष्णप्पाले ४ चौका र २ छक्का प्रहार गरेका थिए । अन्जिके रहाने १४ रन बनाउँदै आउट भएका थिए ।
मुम्बईका लागि जसप्रित ब्रुमराह, हार्दिक पाण्डेयले समान २ तथा मिचेल म्याक्लेघानले, क्रुनाल पाण्डेय र मुस्ताफिजुर रहमानले समान १ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको मुम्बईले ओपनर सूर्यकुमार यादव, इशान किशनको अर्धशतकको मद्दतमा ७ विकेटको क्षतिमा १ सय ६७ रन बनाएको थियो ।
सूर्यकुमारले ७२ र इशानले ५८ रन बनाएका थिए । ४७ बल खेलेका सूर्य कुमारले ६ चौका र ३ छक्का प्रहार गरे । इशानले ४२ बलमा ४ चौका र ३ छक्का प्रहार गरे । किरोन पोलार्डले २० बलमा १ छक्का र १ चौकासहित अविजित २१ रन जोडे । अन्य खेलाडीले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।
राजस्थानका जोफ्रा आर्चेरले ३, धवल कुलकर्णीले २ विकेट लिए । आइतबारको पहिलो खेलमा सनराइजर्स हैदराबादलाई ४ रनले हराउँदै चेन्नई सुपर किङ्स आइपिएलको शीर्षस्थानमा उक्लेको छ । आइपिएलमा सोमबार दिल्ली डेयर डेभिल्स र किङ्स ११ पञ्जाबबीच प्रतिस्पर्धा हुनेछ ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]