7 years ago
April 22, 2018
नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्जमा जारी नेपालगन्ज कप क्रिकेट प्रतियोगिताको सातौँ दिनको पहिलो खेलमा लुम्बिनी यात्रिजलाई ४ रनले पराजित गर्दै रोल्पा गोरिल्लाजले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । गोरिल्लाजका लागि २३ रन प्रहार गर्दै २ विकेट समेत लिएका भिम सार्की खेलको म्यान अफ द म्याच घोषित भए ।
१ सय ४२ रनको विजयी लक्ष्य पछ्याउने क्रममा लुम्बिनी यात्रिजले १९ ओभर ५ बलमा सम्पूर्ण विकेट गुमाएर विकेट गुमाएर १ सय ३७ रनमात्र बनाउन सक्यो । यात्रिजका लागि कृष्ण कार्कीले ३० बलमा सर्वाधिक ३५ रन प्रहार गरे । अन्य ब्याट्सम्यानहरु बिशाल खत्रीले २८ बलमा २० , कुशल मल्लले १४ बलमा २०, अफाक शेखले ४ बलमा ४, बाशिर अहमदले २० बलमा २४, मनोज यादवले ४ बलमा १, सोम शर्माले ८ बलमा ३ रन र निजामुदिन हालवाईले १० बलमा १० रन प्रहार गरे भने कुनै बल नखेलेका सुनिल सुनार नटआउट रहे।
रोल्पा गोरिल्लाजका लागि वसन्त कार्की र भिम सार्कीले २-२ विकेट लिए भने नन्दन यादव, विनोद लामा र आकाश थापा पनि १-१ विकेट लिन सफल रहे ।
त्यसअघि टस जितेर ब्याटिङ् गर्ने निर्णय लिएको गोरिल्लाजले निर्धारित २० ओभर पुरा खेल्दै ७ विकेट गुमाएर १ सय ४१ बनाउन सफल भयो। गोरिल्लाजका लागि नन्दन यादबले ३५ बलमा ४० रनको पारी खेले । उनले २४ बलमा २७ रन प्रहार गरेका सौरभ खनालसँग मिलेर सुरुआति विकेटका लागि ५९ रनको साझेदारी गरेका थिए । गोरिल्लाजका लागि आकाश थापाले १८ बलमा २९, भिम शार्कीले २० बलमा २३ र प्रतिक गिरीले ६ बलमा १ रनको योगदान गरे भने रमेश सिंह १२ बलमा १५ र सुमन डाँगी १ बलमा १ रन प्रहार गर्दै नटआउट रहे ।
लुम्बिनी यात्रिजका लागि सोम शर्माले ३ विकेट लिए भने कृष्ण कार्की, बाशिर अहमद र निजामुदिन हलवाई १-१ विकेट लिन सफल भए । यस नितिजा पश्चात फाइनल पग्ने टोलीको टुंगो लाग्न भोलि हुने समुह चरणको अन्तिम दिनको खेलहरु नै कुर्न पर्ने भएको छ । प्रतियोगितामा गोरिल्लाजले ५ खेलमा ४ जित हात पारेको छ भने दंगाली गोर्खाज र लुम्बिनी यात्रिजको समान ४ खेलमा ३ जित रहेको छ ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]