7 years ago
April 22, 2018
बैंगलुरु (एजेन्सी)– रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल)मा शनिबार दिल्ली डेयरडेभिल्सलाई ६ विकेटले हराएको छ । पाँचौं खेलमा बैंगलोरको यो दोस्रो जित हो ।
नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध दिल्लीको भने पाँचौं खेलमा यो चौथो हार हो । दिल्लीको पाँचौं खेलमा पनि सन्दीपले मौका पाएनन् । १ सय ७५ रनको लक्ष्य पछ्याएको बैंगलोरले एबी डि भिलियर्सको उच्च प्रदर्शनपछि २ ओभर अघिनै ४ विकेटको क्षेतिमा १ सय ७६ रन बनाउँदै जित हासिल गरेको छ ।
डी भिलियर्सले ३९ बलमा अविजित ९० रन बनाउँदै टोलीलाई सानदार जित दिलाएका थिए । ३९ बल खेलेका उनले १० चौका र ५ छक्का प्रहार गरेका थिए । मन्दीप सिंहले अविजित १७ रन बनाउँदै डी भिलियर्सलाई साथ दिएका थिए ।
कप्तान विराट कोहलीले २६ बलमा २ चौका र १ छक्कासहित ३० रन बनाए भने क्विन्टन डी ककले १८ र कोरे एन्डरसनले १५ रन बनाए । दिल्लीका ट्रेन्ट बोल्ट, ग्लेन म्याक्सवेल र हर्सल पटेलले समान १ विकेट लिए ।
त्यसअघि रिसव पन्त र श्रेयस ऐयरको अर्धशतकको मद्दतमा दिल्लीले निर्धारित २० ओभरमा १ सय ७४ रन बनाएको थियो । रिसवले ४८ बलमा ६ चौका र ७ छक्काका साथ ८५ रन जोडे । श्रेयसले ३१ बलमा ४ चौका र ३ छक्कासहित ५२ रन बनाए । राहुल टेवाटियाले अविजित १३ रन थपे ।
बैंगलोरका युजभेन्द्र चाहालले २ तथा उमेश यादव, वासिङटन सुन्दर र कोरे एन्डरसनले समान १ विकेट लिए । बैंगलोरका डी भिलियर्स म्यान अफ दी म्याच घोषित भए । आइपिएलमा आइतबार सनराइजर्स हैदराबाद र चेन्नई सुपर किङ्स तथा राजस्थान रोयल्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]