7 years ago
April 21, 2018
कोलकाता (एजेन्सी)– क्रिस गेल र लोकेश राहुलको उच्च प्रदर्शनबाट प्ररित किङ्स ११ पञ्जाब इन्डियन प्रिमियर लिग (आइपिएल) मा शनिबार कोलकाता नाइट राइडर्सलाई डर्क वर्थ लुइस (डिएल) का आधारमा ९ विकेटले हराएको छ । जितका साथ पञ्जाब शीर्षस्थानमा उक्लेको छ ।
५ खेलमा चौथो जितका पछि पञ्जाबको ८ अंक पुगेको छ । कोलकाताको ६ खेलमा ६ अंक छ । वर्षाले प्रभावित पारेको खेलमा १३ ओभरमा १ सय २५ रनको विजय लक्ष्य प्राप्त गरेको पञ्जाबले गेल र राहुलको अर्धशतकको मद्दतमा ११.१ ओभरमा मात्र १ विकेट गुमाएर १ सय २६ रन जोडेको थियो ।
गेल र राहुलले पहिलो विकेटका लागि १ सय १६ रनको साझेदारी गर्दै टोलीलाई बजबुद अवस्थामा पुर्याएका थिए । राहुलले ६० र गेल अविजित ६२ रन जोडे । मयंक अग्रवाल २ रनमा अविजित रहे । अघिल्ला दुई खेलमा पनि उच्च प्रदर्शन गरेका गेलले ३८ बलमा ६ चौका र ५ चौका प्रहार गरे । म्यान अफ दी म्याच राहुलले २७ बलमा ९ चौका र २ छक्का प्रहार गरे । कोलकाताका लागि एक मात्र विकेट सुनिल नारिनले लिएका थिए ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ९१ रन बनाएको थियो । क्रस लेनले अर्धशतक पुरा गरेको खेलमा दीनेश कात्तिकले ४३, रोविन उथप्पाले ३४ र शुभम गिलले अविजित १४ रन बनाएका थिए । लेनले ४१ बलमा ६ चौका र ४ छक्काले ७४ रन बनाएका थिए ।
कार्तिकले २८ बलमा ६ चौका प्रहार गरे । २३ बल खेलेका उथप्पाले ५ चौका र १ छक्का प्रहार गरे । आन्द्रे रसलेले १० रन जोडे । पञ्जाबका बारिन्डेर श्रेन, एन्ड्रयू टेले समान २ तथा मुजित उर रहमाल र रविचन्द्रन आश्विनले समान १ विकेट लिए ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]