7 years ago
April 21, 2018
नेपालगन्ज (हाम्रो खेलकुद)- नेपालगन्जमा जारी पहिलो नेपालगन्ज कपको छैठौ दिनको खेलहरुमा एनआईसी एसिया दंगाली गुर्खाज र एबरोल टिएमटि लुम्बिनी यात्रिज विजयी भएका छन् । आजको खेलहरु पश्चात ३ टोलीको बराबर अंक रहेपनि नेट रन रेटको आधारमा रोल्पाली गोरिल्लाज पहिलो स्थानमा रहेको छन् भने दंगाली गुर्खाज दोस्रो र लुम्बिनी यात्रिज तेस्रो स्थानमा रहेको छ ।
आजको पहिलो खेलमा वासिर अहमदले १४ बलमा ३१ रनको आक्रामक पारी खेलेपछि लुम्बिनी यात्रिजले प्रतियोगितामा तेस्रो जित हात पार्ने क्रममा पाल्पाली योद्धाजलाई ४ विकेटले पराजित गरेको हो । खेलको म्यान अफ द म्याच वासिर अहमद घोषित भए । यस नतिजा पश्चात प्रतियोगितामा खेलको सबै चार खेलमा पराजित पाल्पाली योद्धाजको फाइनलमा पुग्ने सम्भावना समाप्त भएको छ भने आफ्नो सबै ३ खेलमा जित हात परेको यात्रिजको फाइनल पुग्ने सम्भावना बालियो भएको छ ।
खेलमा टस जितेर पहिले ब्याटिङ् रोजेको पाल्पाली योद्धाजले निर्धारित २० ओभर पुरा खेल्दै ४ विकेट गुमाएर १ सय ४४ रन प्रहार गरेको थियो । योद्धाजका लागि प्रनित थापा मगरले ३८ बलमा सर्वाधिक ५० रन प्रहार गरे भने रित गौतमले ४३ बलमा ३२, अनुपम सिंहले १० बलमा ११, दीपेन्द्र रावतले २४ र सिद्दान्त राज शाहीले १२ बलमा २० रन प्रहार गरे भने प्रकास केसी २ बलमा २ रन प्रहार गर्दै नटआउट रहे । यात्रिजका लागि कुशल मल्ल र निजामुदिन हलवाईले १-१ विकेट लिए भने २ खेलाडी रनआउट भएका थिए ।
१ सय ४५ रनको लक्ष्य लिएर ब्याटिङ् मा उत्रिएको यात्रिजले १८.२ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यात्रिजका लागि बिशाल खत्रीले ४३ बलमा २९, आदील खानले २१ बलमा ३५, कुशल मल्लले १२ बलमा १८, कृष्ण कार्कीले १५ बलमा ६ रन, मनोज यादवले ९ बलमा ७ रन प्रहार गरे भने नटआउट रहेका बासिर अहमदले १४ बलमा ३१ तथा निजामुदिन हलवाईले ४ बलमा १२ रन प्रहार गरे । योद्धाजका लागि दीपेन्द्र रावतले ४ विकेट लिए भने भिम धमला र विजय चौधरीले १-१ विकेट लिएका थिए ।
आजै भएको दोस्रो खेलमा प्रतियोगितामा तेस्रो जित हात पार्ने क्रममा एनआईसी एसिया दंगाली गुर्खाजले बाँके ब्लास्टर्सलाई ७ विकेटले पराजित गरेको हो । बाँकेले दिएको १ सय ३३ रनको लक्ष्य गुर्खाजले १८ ओभरमा पुरा गरेको थियो । टस हारेर ब्याटिङ् गर्ने निम्तो पाएको जिसान बाँके ब्लास्टरले निर्धारित २० ओभर पुरा खेल्दै १ सय ३२ रनको मध्यम स्कोर बनाएको थियो । खेलको म्यान अफ द म्याच हरि क्षेत्री घोषित भए।
वाँकेका लागि महेश क्षेत्रीले ४० बलमा, बिपिन रावलले ७ बलमा १०, रोमन बमले २९ बलमा ३२, दिवन पुनले ३ बलमा १, अजय सहानीले ९ बलमा १०, प्रविन गिरिले ८ बलमा १० रन प्रहार गरे भने कप्तान बिशाल केसी २४ बलमा ३४ रन बनाउँदै नटआउट रहे । गुर्खाजका लागि सन्दिप सुनारले २ विकेट लिए भने बिष्णु कटारिया, सागर ढकाल, शाहिद अन्सारी र अनिल खरेलले १-१ विकेट लिए ।
लक्ष्य पुरा गर्ने क्रममा दंगाली गुर्खाजका लागि हरि क्षेत्रीले १५ बलमा सर्वाधिक ४२ रन प्रहार गरे भने अन्य ब्याट्सम्यानहरु सन्दिप सुनारले १६ बलमा ९, मनोज सुनारले ३९ बलमा ३९, शादाब अन्सारीले २० बलमा २८ रन प्रहार गरेभने शाहिद अन्सारी २० बलमा २८ र हरि क्षेत्रीले १५ बलमा ४२ रन प्रहार गरेका थिए । पराजित टिमका लागि अजय सहानी र रोमन बमले १-१ विकेट लिन सफल भए ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]