default_image

7 years ago

April 21, 2018

राजस्थानलाई हराउँदै चेन्नई आइपिएलको शीर्षस्थानमा

70 views

0 Bookmark

  1. पुने (एजेन्सी)– शेन वाट्सनको शतकबाट प्रेरित चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार राजस्थान रोयल्सलाई ६४ रनले हराएको छ । जितसँगै चेन्नई शीर्षस्थानमा उक्लेको छ । समान ६ अंक भएपनि चेन्नई पहिलो, कोलकाता नाइट राइजर्स दोस्रो, सनराइजर्स हैदराबाद तेस्रो र किङ्स ११ पञ्जाब चौथो स्थानमा छ ।

२ सय ५ रनको लक्ष्य पछ्याएको राजस्थान १८.३ ओभरमा सबै विकेट गुमाएर १ सय ४० रन मात्र बनाउन सक्यो । बेन स्टोक्सले ४५ रन बनाएको राजस्थानका लागि जोन बट्लरले २२, अजिन्के राहने र जयदेवले समान १६ र स्टुआर्ट बिन्नीले १० रन बनाए ।

अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । चेन्नईका दीपक चाहर, सर्दुल ठाकुर, ड्वान ब्राभो, कर्ण शर्माले समान २ तथा वाट्सन र इमरान ताहिरले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नईले सेन वाट्सनको शतकसँगै निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ४ रन बनाएको थियो । ओपनर वाट्सन ले ५७ बलमा ९ चौका र ६ छक्काको मद्दतमा १ सय ६ रन बनाएका थिए । सुरेश रैनाले २९ बलमा ९ चौकासहित ४६ रन जोडे ।

ब्राभोले अविजित २४ रन जोडे भने अम्बाटी रायडुले १२ रन थपे । राजस्थानका श्रेयस गोपालले ३ र बेन लङलिनले २ विकेट लिए । वाट्सन खेलको म्यान अफ दी म्याच घोषित भए । आइपिएलमा शनिबार २ खेल हुनेछन् । कोलकाता र पञ्जाबबीच पहिलो र रोयल च्यालेन्जर्स बैंगलोर र दिल्ली डेयर डेभिल्सबीच दोस्रो खेल हुनेछ ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.