default_image

7 years ago

April 20, 2018

आइपिएलमा चेन्नईका वाट्सनको शतक

67 views

0 Bookmark

पुने (एजेन्सी) – जारी आइपिएलमा चेन्नईका सुपर किङ्स अष्ट्रेलियन अल राउण्डर शेन वाट्सनले राजस्थान रोयल्सविरुद्ध शतक प्रहार गरेका छन्। राजस्थानले टस जितेर बलिङ गर्ने निर्णय लिएपछि चेन्नईका लागि ओपनर वाट्सनले शतक पुरा गरे।

Shane watson century

उनले ५१ बलको सामना गर्दै ८ चौका र ६ छक्काको मद्दतले १ सय रन पुरा गरे। चेन्नईले हाल १७.२ ओभरमा ४ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको छ। आइपिएल २०१८ को यो दोस्रो शतक हो। यसअघि किङ्स इलेभेन पन्जाबका क्रिस गेलले प्रतियोगिताको पहिलो शतक प्रहार गरेका थिए।

अर्का ओपनर अम्बाती रायाडु १२ रनमा आउट भएपछि वाट्सनले सुरेश रैनासँग ८१ रनको साझेदारी बनाए। रैना ४६ रन बनाउँदै आउट भए।

वाट्सनले एकतर्फ राम्रो ब्याटिंग गर्दै गर्दा राजस्थानका लेग ब्रेक श्रीयास गोपालले कसिलो बलिङ गर्दै चेन्नईको रन बनाउने गतिमा अवरोध पुर्याउँदै छन्। गोपालले ४ ओभरमा मात्र २० रन खर्चिदै ३ विकेट लिए।

अपडेट : वाट्सन १ सय ६ रन बनाउँदै आउट। निर्धारित २० ओभरमा चेन्नई ५ विकेट गुमाउँदै २ सय ४ रन बनाउँन सफल। 

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.