7 years ago
April 19, 2018
मोहाली (एजेन्सी)– क्रिस गेलको शतकबाट प्रेरिस किङ्स ११ पञ्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) मा बिहिबार सनराइजर्स हैदराबादको विजय यात्रालाई पूर्ण विराम लगाइदिएको छ । सुरुवाती सबै तीन खेल जितेको हैदराबाद पञ्जाबसँग १५ रनले पराजित भएको छ । चौथो खेलमा पञ्जाबको तेस्रो जित हो भने हैदराबादको पहिलो हार ।
यी दुवै र कोलकाता नाइट राइडर्सको समान ६ अंक छ । १ सय ९४ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७८ रन बनाउन सक्यो । टोलीका लागि कप्तान काने विलियम्सन र मनीष पाण्डेले अर्धशतक बनाएपनि जितका लागि पर्याप्त रहेन । विलियम्सले ४१ बलमा ३ चौका र २ छक्काको मद्दतमा ५४ रन बनाए ।
मनीष ५७ र सकिब अल हसन २४ रनमा अविजित रहे । ४२ बल खेलेका मनीषले ३ चौका र १ छक्का प्रहार गरे । सकिबले १२ बलमा २ छक्का र १ चौका प्रहार गरे । युसुफ पठानले १९ रन जाडे । शिखर धवनले खाता पनि खोल्न सकेनन् भने अर्का ओपनर ऋद्दिमन शाह ६ र दीपक हुड्डाले ५ रन बनाए । पञ्जाबका लागि मोहित शर्मा र एन्ड्रयू टेले समान २ विकेट लिए ।
त्यसअघि गेलले अविजित शतक बनाएपछि टस जितेर ब्याटिङ गरेको पञ्जाबले ३ विकेटको क्षतिमा १ सय ९३ रन बनाएको थियो । यो सिजनमा पहिलो शतक पुरा गर्ने क्रममा हैदरावादविरुद्ध आक्रमक ब्याटिङ गरेका गेलले ६३ बलमा अविजित १ सय ४ रन बनाए । गेलले ५८ बलमा शतक पुरा गरेका हुन् । जसमा ११ छक्का र १ चौका सामेल थियो । १ रन लिदै शतक पुरा गरेका उनको आइपिएलमा यो छैटौं शतक हो ।
पहिलो विकेटका लागि लोकेश राहुलसँग ५३ रनको साझेदारी गरेका गेलले मयंक अग्रवालसँग दोस्रो विकेटका लागि ३० रनको साझेदारी गरे । त्यस्तै तेस्रो विकेटका लागि गेलले करुण नायरसँग ८५ रन र आरोन फिन्चसँग चौथो विकेटका लागि अविजित २५ रनको साझेदारी गरे ।
लोकेश र मयंकले समान १८ रन जोडे । करुनले २१ बलमा ३ चौका र १ छक्काका साथ ३१ रन जोडे । फिन्चले अविजित १४ रन जोडे । हैदराबादका लागि भुवनेश्वर कुमार, रसिद खान र सिद्धार्थ काउलले समान १ विकेट लिए । पञ्जाबका गेल खेलको म्यान अफ दी म्याच घोषित भए ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]