7 years ago
April 19, 2018
मोहाली (एजेन्सी)– किङ्स ११ पञ्जाबका ब्याट्सम्यान क्रिस गेलले जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा यो सिजन पहिलो शतक पुरा गरेका छन् । सनराइजर्स हैदरावादविरुद्ध आक्रमक ब्याटिङ गर्दै गेलले ५८ बलमा शतक पुरा गरेका हुन् । जसमा ११ छक्का र १ चौका सामेल थियो ।
उनले आफ्नो इनिङ्समा अविजित १ सय ४ रन बनाए । त्यसका लागि उनले ६३ बल खर्चे । १ रन लिदै उनले शतक पुरा गरेका थिए । आइपिएलमा यो उनको छैटौं शतक हो । पहिलो विकेटका लागि लोकेश राहुलसँग ५३ रनको साझेदारी गरेका गेलले मयंक अग्रवालसँग दोस्रो विकेटका लागि ३० रनको साझेदारी गरे ।
त्यस्तै तेस्रो विकेटका लागि गेलले करुण नायरसँग ८५ रन र आरोन फिन्चसँग चौथो विकेटका लागि अविजित २५ रनको साझेदारी गरे ।टस जितेर पहिले ब्याटिङ गरेको पञ्जाबले गेलको शतकका साथ ३ विकेट गुमाएर १ सय ९३ रन बनाएको छ । लोकेश र मयंकले समान १८ रन जोडे ।
करुनले २१ बलमा ३ चौका र १ छक्काका साथ ३१ रन जोडे । फिन्चले अविजित १४ रन जोडे । हैदराबादका लागि भुवनेश्वर कुमार, रसिद खान र सिद्धार्थ काउलले समान १ विकेट लिए । अहिले सम्म सबै तीन खेल जितेको हैदराबादले जितका लागि १ सय ९४ रन बनाउनुपर्नेछ ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]