default_image

7 years ago

April 19, 2018

क्यान निलम्बन फुकुवाको बाटो खुल्यो, विशेष साधारण सभा सम्पन्न

77 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल क्रिकेट संघ (क्यान) को दुई वर्षदेखिको निलम्बन फुकुवाको बाटो खुलेको छ । राजधानीका बिहीबार बसकेको क्यानको विशेष साधारण सभाले आइसिसीले गठन गरेको सल्लाहकार समितिले बनाएको विधानलाई जस्ताको तस्तै पास गरेपछि निलम्बन फकुवाका लागि बाटो खुलेको विश्वास गरिएको छ ।

यसअघिको विशेष साधारण सभाले आइसीसीले निर्देश गरेभन्दा फरक भएर विधानमा संसोधन गरेपछि निलम्बन फुकुवा टरेको थियो ।यसपटक आइसीसीका प्रतिनिधि अमर शेखकै रोहवरमा विशेष साधारण सभाले सल्लाहकार समितिले बनाएको विधानलाई हुवहु पास गरेपछि अब फुकुवाको प्रक्रियामा जाने विश्वास लिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताएका छन् ।

दुई दिनका लागि तय भएको साधारण सभा विधान पाससँगै टुंगिएको छ ।नयाँ विधान अनुसार निर्वाचित क्यानका १७ केन्द्रिय कार्यसमितिले अब बस्ने साधारण सभामा भाग लिन पाउने तर निर्वाचन प्रक्रियामा भाग लिन पाउने छ्रैनन् । निर्वाचन प्रक्रियामा भाग लिनका लागि जिल्ला वा प्रदेशबाट प्रतिनिधि भएर आउनु पर्ने अध्यक्ष चन्दले जानकारी दिए ।

अबको निर्वाचन प्रक्रिया लगायत अन्य विषयमा हेर्न ५ सदस्यीय अनुगमन समिति बन्ने वैधानिक व्यवस्था गरिएको छ । यसअघि ७ सदस्यीय पास गरिएको थियो । अब बस्ने समितिमा ३ जना आइससीको तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र निर्वाचित क्यानको समान एकजना प्रतिनिधि रहनेछन् । त्यहि समितिले प्रदेश र केन्द्रको निर्वाचन गराउने बताइएको छ ।

त्यस्तै यसअघि भएको जिल्ला क्रिकेट संघको निर्वाचनलाई मान्यता दिने र विवाद भएकाको छानविन गर्ने पास भएको छ । ‘निर्वाचन हुन बाँकीमा निर्वाचन गराउने र निर्वाचितको हकमा विवाद भएका, उजुरी परेका, गोप्य ढंगले गरिएको बाहेक सबैलाई मान्यता दिने निर्णय भएको छ,’ चन्दले भने,‘ जिल्लामा विवाद भए अनुगमन समितिले छानविन गर्ने छ अन्यथा यसअघिको निर्वाचनलाई मान्यता दिएर अघि बढ्ने निर्णय भएको छ । ’

ललितपुर र भक्तपुरको भने यसअघि निर्वाचन भएको थिएन ।अब राखेपले विधान पास गरेपछि अनुमगन समिति निर्माणलगायतका प्रक्रिया अघि बढ्ने र त्यसले निलम्बन फुकुवाको बाटो खुल्ने चन्दले विश्वास व्यक्त गरे । ‘आइसीसीले भने बमोजिम नै काम अघि बढेको छ,’ उनले भने,‘आइसीसीका प्रतिनिधिको आसय पनि जस्ताको त्यस्तै विधान पास हुनुपर्छ भन्ने मनसाय थियो । त्यहि अनुरुप भएको छ । अब सबै विषय सहज हुँदै गए निलम्बन फकुवा नहुने कारण छैन ।’

क्यानको साधारण सदस्यको हकमा पनि दायरा फराकिलो गरिएको छ । तीन वटा राष्ट्रिय प्रतियोगिता खेलेका वर्तमान खेलाडीले पनि क्यानको साधारण सदस्यता लिन सक्नेछन् । यसअघि पूर्व खेलाडीले मात्र पाउने प्रावधान पास गरिएको थियो । यसअघि आजै युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले विशेष साधारण सभाको उद्घाटन गरेका थिए । साधारण सभामा ३७ मध्ये मकवानपुरबाहेक सबै र केन्द्रिय समितिका १५ गरि ५१ जनाको उपस्थिति थियो ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.