default_image

7 years ago

April 19, 2018

क्यानको साधारण सभा जारी, आजै सकिने सम्भावना

82 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारण सभा बिहीबार राजधानीमा जारी छ । आइसिसीले क्यानमाथि निलम्बन फकुवा गराउने उद्देश्यका विधान संसोधान गर्ने गरि विशेष साधारण सभा आयोजना गरिएको बताइएको छ ।

आइसिसीका प्रतिनिधि अमर शेखको उपस्थितिमा जारी साधारण सभाले आइसिसीले दिएको निर्देशन बमोजिमलाई विधान संसोधन हुने र त्यसले क्यानको निलम्बन फुकुवामा वातावरण सहज हुने विश्वास गरिएको छ । यद्दपी यसअघिको विशेष साधारण सभाले आइसिसीले भने भन्दा फरक विधान संसोधन गरेकाले त्यसलाई मानेको थिएन । साधारण सभामा निर्वाचित क्यानका पदाधिकारी, सदस्य ३७ जिल्ला र तत्कालिन क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको छ । ‘छलफल जारी छ,’ क्यानका महासचिव अशोक नाथ प्याकुरेलले भने,‘ आजै टुंगिन सक्छ । ’
मुख्य तथा साधारण सभाले निर्वाचित क्यानका १७ सदस्यलाई अबको साधारण सभामा भाग लिन दिने तयार निर्वाचन प्रक्रियामा भाग लिन नदिने, अब हुने क्यानको प्रदेश र केन्द्रको निर्वानको अनुगमन गर्ने र निर्वाचित विवादमा कुनै समस्या भए त्यसको पनि समाधान गर्ने गरि ५ सदस्य अनुगमन समिति गठन गर्ने विधान संसोधन गर्ने सम्भावना रहेको छ ।

यसअघि ७ सदस्यीय भने पनि अबको समितिमा ३ आइसिसीका प्रतिनिनिध राखेप र निर्वाचित समितिका समान १ प्रतिनिधित रहने गरि ५ सदस्यीय अनुगमन समिति बनाउने गरि विधान संसोधन हुन सक्ने क्यानका महासचिव अशोकनाथ प्याकुरेलले यसअघि नै बताइएका छन् ।युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले विशेष साधारण सभाको उद्घाटन गरेका थिए । उनले साधारण सभाबाट सकारात्मका आशा र उत्साह देखिएको बताए । मन्त्री विश्वकर्माले क्रिकेटको विवाद समाधानका लागि आफुले कमलको फुल टिप्न पानीमा पसेको रुपमा लिएको व्याख्या गरे ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले विगतमा सरकारी हस्तक्षेप भएकै कारण क्रिकेटमा विवाद देखिएको र निलम्बन सम्मको अवस्था बनेको स्मरण गर्दै, भने‘ सबै समस्याको निकास दिने सर्वोच्च निकाय साधारण सभा हो ।’ उनले निर्वाचित क्यान समस्या समस्याका लागि बाधक नहुने प्रष्ट पारे ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले क्यानको निलम्बन फुकुवाको आशा राख्दै मन्त्रालय क्यानसँग सहकार्य गरेर काम गर्न आतुर रहेको बताए । साधारण सभाको सफलताको कामना गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले खेलाडीको हौसला अभिबृद्धिका लागि पनि क्यानको अस्तित्व स्थापित हुनु पर्नेमा जोड दिए । नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष महेश आचार्यले भने,‘ व्यक्तिगत स्वार्थ छाडेर विवाद समाधानका लागि शुभकामना छ । यो सम्भवत अन्तिम मौका हुन सक्छ । सबै विवादको अन्त्य यहि सभाले गरोस् ।’

क्यानका वरिष्ठ उपाध्यक्ष विनोद मैनालीले सबैले विवाद समाधानका लागि आफुहरु पद ताग्न समेत तयार रहेको उल्लेख गर्दै भने,‘ विगतमा केहि न केहि गल्ति सबैबाट भएको छ । अबको आवश्यकता भनेको क्यानको अधिकार देश भित्र ल्याउने हो । त्यसपछि कसको गल्ति कति थियो छुट्टाउँला ।’ २०७२ को मंसिर अन्त्यमा क्यानको निर्वाचन र त्यसलाई अस्वीकार गर्दै राखेपले तीन साता पछि रमेश सिलवालको अध्यक्षतामा क्यान तदर्थ समिति गठन गरेपछि क्रिकेटको पछिल्लो विवाद सुरु भएको थियो ।

त्यहि विवादलाई टेकेर निष्पक्ष निर्वाचन नभएको र सरकारी हस्तक्षेप भएको भन्दै २०७३ को वैशाखमा क्यानमाथि निलम्बन लगाएको थियो । त्यसपछि क्यानका पूर्व अध्यक्ष विनयराज पाण्डेको संयोजकत्वमा सल्लाहकार समिति गठन गरि विधान तयार गरेको थियो । त्यहि विधान संसोधनका लागि दोस्रो पटक यो विशेष साधारण सभा बसिरहेको छ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.