default_image

6 years ago

April 17, 2018

‘निलम्बन फुकुवाको आशा छ’ : निर्वाचित क्यान

66 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसीको निलम्बन फुकुवा हुने आपेक्षासहित नेपाल क्रिकेट संघ (क्यान) को यसै साता वर्षे विशेष साधारण सभामा हदैसम्मका लचकता प्रस्तुत हुने क्यानको निर्वाचित समितिले जनाएको छ । क्यानको बिहिबार र शुक्रबारका लागि तय भएको विशेष साधारण सभाले विधान संसोधनमा यसअघिका सर्तबाट पछि हट्ने तयार रहेपनि निलम्बन फुकुवा हुने अपेक्षा गरिएको मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुरेलले बताए ।

‘विशेष साधारण हुन सके अन्तर्राष्ट्रिय क्रिकेट परिषद ९आइसीसी० बाट क्यानमाथ लागेको निलम्वन हट्न सक्छ । नेपाली क्रिकेटले निकासा पाउछ भने हामी हदैसम्मको लचकता अपनाएर अघि बढ्नेछौं ’ प्याकुरेलले भने, ‘वर्तमान विधानका केही व्यवस्थाहरुमा संसोधन गरी अघि बढ्दा निलम्बन फुकुवा भई क्रिकेटले निकास पाउने अवस्थामा क्यान लचकताका साथ प्रस्तुत हुने कुरा विश्वास दिलाउन चाहन्छौं ।’

महासचिव प्याकुरेलले नेपालको निलम्बन फुकुवाका लागि सम्बन्धित सबै पक्ष जिम्मेवारीसाथ प्रस्तुत हुनुपर्ने समेत बताए । ‘हामी सँधै विधि र प्रक्रियाको पक्षमा रहेका छौं । आगामी दिनमा पनि नेपाली क्रिकेट विधि र प्रक्रियामा चलोस् भन्ने सुनिश्चिततामात्र खोजेका हौं ’ महासचिव प्याकुरेलले थपे, ‘उक्त साधारणसभाले मस्यौदा विधानका प्रस्तावमाथि गहन छलफल गरी एउटा टुंगोमा पुग्ने विश्वास लिएका छौं ।’

यसअघिको विशेष साधारण सभाले पास गरेको निर्वाचित क्यानका १७ केन्द्रिय पदाधिकारी र सदस्यले उम्मेदवारी दिन पाउने गरि विधान संसोधन गरेको थियो । त्यसमा आइसीसीले आपत्ती जनाएपछि अब १७ सदस्यले साधारणमा भाग लिन पाउने तय निर्वाचन प्रक्रियामा भाग लिन नपाउने सहमति बनेको र त्यसलाई विशेष साधारण सभामा प्रस्तुत गरिने प्याकुरेलले जानकारी दिए ।

‘यसअघिकै समितिको निरन्तरताका लागि साधारण सभामा १७ जनाको उपस्थिति रहेन । तर त्यहि आधारमा निर्वाचनमा भाग लिन पाउने छैन, उनले भने, ‘तर विधान अनुरुप कुनै जिल्ला वा प्रदेशको प्रतिनिधि बनेर आएको खण्डमा भने तीन १७ पदाधिकारी र सदस्यले पनि निर्वाचन प्रक्रियामा भाग लिन पाउनेछन् । त्यसमा आइसीसीले पनि सहमति जनाएको छ । यसलाई हामी विशेष साधारण सभामा पेश गर्नेछौं ।’

क्यान निलम्वनको अवस्थामा रहेको अवस्थामै नेपालले फागुनमा एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो । क्यानको विशेष साधारणसभा आईसीसीका प्रतिनिधिहरुको समेत उपस्थितिमा वैशाख ६ र ७ गते काठमाडौंमा हुँदैछ । आईसीसी र राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को प्रतिनिधिको उपस्थितिमा विशेषसाधारण सभाले पारित गरेपछि क्यानले नयाँ विधान पाउने छ ।

तर, यसअघि पनि सल्लाहकार समितिले बनाएको विधान क्यानले अनुमोदन गर्नुको सट्टा संशोधन गरेपछि आईसीसी झनै रुष्ट बनेको थियो । विधान अनुमोदनका लागि हुन लागेको यो दोस्रो विशेष साधारण सभा हो । क्यानको विधान बनेपछि क्यानको निर्वाचन गराउनका लागि मनिटरिङ कमिटि गठन हुनेछ । मनिटरिङ कमिटिले क्यानको चुनाव गराउँदै नयाँ नेतृत्व प्रदान गर्नेछ ।

मनिटरिङ कमिटिमा ५ सदस्य रहनेछन् । जसमा आईसीसीको प्रतिनिधि ३, राखेप र निर्वाचित क्यानको समान १–१ जना प्रतिनिधि सदस्य रहने छन् । क्यानको अहिले ३७ जिल्लामा निर्वाचन भइसकेको छ । मनिटरिङ कमिटिले आवश्यकताअनुसार पुनः निर्वाचन सक्नेछन् ।

२०७२ साल मंसिरमा क्यानका तत्कालिन उपाध्यक्ष चतुरबहादुर चन्द, महासचिव अशोकनाथ प्याकुरेल लगायतका पक्षले क्यानको अधिवेशन गरेको थियो । तर, क्यानकै तत्कालिन अध्यक्ष टंक आङबुहाङको पक्षले कोठे निर्णय र पारदर्शी नभएको भन्दै तत्काल अधिवेशन रोक्नका लागि राष्ट्रिय खेलकुद परिषदमा लिखित उजुरी दिएको थियो ।

राखेपले निष्पक्ष र बैधानिक तरिकाले चुनाव नभएको भन्दै परिवेक्षक पठाएको थिएन । त्यसको केहिदिनपछि राखेपले रमेश शिलवालको नेतृत्वमा तदर्थ समिति गठन गरेको थियो । क्यानको निपष्क्ष निर्वाचन नभएको र सरकारी हस्तक्षेप रहेको भन्दै आइसीसीले ०७३ बैशाखमा आइसीसी विश्व क्रिकेट लिग अन्र्तगतको नामिवियाको खेलपछि प्रतिबन्ध लगाएको थियो ।

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

Success

Thank you for your time.