7 years ago
April 16, 2018
कोलकाता (एजेन्सी)– कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा सोमबार दिल्ली डेयर डेभिल्सलाई ७१ रनले पराजित गरेको छ । कोलकातामा चौथो खेलमा यो दोस्रो जित हो । चौथो खेलमा दिल्लीको भने यो तेस्रो हार हो । दिल्लीका नेपाली बलर सन्दीप लामिछानेले टोलीको चौथो खेलमा पनि मौका पाएनन् ।
२ सय १ रनको लक्ष्य पछ्याएको दिल्लीले १४.२ ओभरमा सबै विकेट गुमाएर १ सय २९ रन बनाएको थियो । दिल्लीलाई लक्ष्यमा पुग्न दिनबाट सुनिल नारिन र कुलदीप यादवले समान ३ विकेट लिए । त्यस्तै पियुष चावला, आन्द्रे रसेल, शिवम माभी र टम कुरानले समान १ विकेट लिए ।
दिल्लीका लागि ग्लेन म्याक्सवेल र रिसव पन्तले दोहोरो अंकमा रन जोडे । म्याक्सवेलले ४७ र रिसवले ४३ रन बटुले । २२ बल खेलेका म्याक्सवेलले ४ छक्का र ३ चौका प्रहार गरे । रिसवले ७ चौका र १ छक्का प्रहार गरे ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाता नाइट राइडर्सले सामूहिक प्रदर्शनमा निर्धारित २० ओभरमा ९ विकेट गुमाएर २ सय रन बनाएको थियो । नितेश रानाले अर्धशतक पुरा गरे । त्यस्तै रसेलले ४१, रविन उथप्पाले ३५, क्रिस लेनले ३१ र दीनेश कात्र्तिकले १९ रन जोडे ।
नितेशले ३५ बलमा ५ चौका र ४ चौकासहित ५९ रन बनाए । रसेलले १२ बलमा ६ चौका प्रहार गरे । उथप्पाले १९ बल खेल्दै ३ छक्का र २ चौका प्रहार गरे । दिल्लीका राहुल टिवाटियाले ३, ट्रेन्ट बोल्ट र क्रिस मोरिसले समान २ विकेट लिएका थिए । आइपिएलमा मुम्बई इन्डियन्स र रोयल च्यालेन्सर्ज बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]