default_image

6 years ago

April 16, 2018

नेपालगन्ज कपमा बाँके ब्लास्टरको विजयी सुरुवात

67 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद) – जिसान बाँके ब्लास्टरले आशिवार्द नेपालगन्ज कप क्रिकेटमा विजयी सुरुआत गरेको छ । कोलहपुरस्थित प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा सोमबार उद्घाटन खेलमा बाँके ब्लास्टरले आर्शिवाद पेन्ट्स पाल्पा योद्याजलाई ६ विकेटले हराएको थियो ।

१ सय ५४ रनको लक्ष्य पछ्याएको बाँकेले १८.२ ओभरमा ४ विकेटको क्षतिमा आवश्यक रन जोडेको थियो । बाँके ब्लास्टरका ओपनर समेत रहेका कप्तान प्रजव्वत शाहीले ३३ बल खेल्दै ४२ रन बनाए । त्यस्तै प्रेम तामाङले ३७ बल खेल्दै ३२ र सोनु तामाडंले १२ बल खेल्दै ३६ रन बनाए । पाल्पा योद्याजका लागि भिम धमाला र यश हमालसमान २ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको पाल्पा योद्याजले २० ओभरमा १ सय ५३ रन बनाएको थियो । टोलीका लागि रीत गौतमले अर्धशतक पुरा गरे । ५० बल खेलेका रीतले ६३ रन बनाए । त्यस्तै शरद खड्काले ३४ बल खेल्दै ३६ र प्रनित थापाले २४ रन बनाए । बाँके ब्लास्टरका सोनु तामाङ खेलको म्यान अफ दी म्याच घोषित भए ।

त्यसअघि पूर्व युवा तथा खेलकुद मन्त्री तथा नेपाल खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेलले ब्याटिङ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष लामा टेन्डी शेर्पाले बलिडं गर्दै र मनमोहन मेमोरियल क्रिकेट सेन्टरका संयोजक ठाकुर गैरेले विकेट किपिङ गरेसँगै प्रतियोगिताको उद्घाटन भएको थियो ।

उद्घाटनमा प्रतियोगिता आयोजक ग्रीन ईभेन्टोका प्रबन्ध निर्देशक मोहम्मद रफि एराकी, राखेप सदस्य विनोद मैनाली,उपेन्द« पौडेल,क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष भीम ओली लगायतको उपस्थिति थियो । नेपालगन्ज कपमा मंगलबार २ खेल हुनेछन् ।

एबरोल लुम्बीनी यात्रीज र जिसान बाँके ब्लास्टर तथा एनआइसी एसिया दंगाली गोर्खाज र पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाजबीच प्रतिस्पर्धा हुने प्रतियोगिता निर्देशशक सौगात विक्रम शाहले जानकारी दिए । प्रतियोगिताको विजेताले १ लाख १० हजार र दोस्रो हुने टोलीले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

 

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

Success

Thank you for your time.