7 years ago
April 16, 2018
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय टोलीका युवा स्पिनर सन्दीप लामिछानेलाई २० लाख भारतीय रुपैयाँमा दिल्ली डेयरडेभिल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा खरिद गरेको थियो । आईपीएलमा दिल्लीले तीन खेलमध्ये कुनै खेलमा पनि सन्दीपलाई खेलाएको छैन ।
लिगको दुई खेलमा पराजित दिल्लीका लागि हालसम्म ८ मध्य ६ विदेशी खेलाडी मैदानमा उत्रिसकेका छन् । दिल्लीले पहिलो खेलमा ओपनर कोलिन मुनरो, अलराउन्डर द्वय क्रिस मोरिस र ड्यानीएल क्रिस्टियन तथा तीव्र गतिका बलर ट्रेन्ट बोल्टलाई खेलाएको थियो । दोस्रो खेलमा क्रिस्टियनको स्थानमा म्याक्सवेलले विदेशी खेलाडीका रुपमा खेले ।
तेस्रो खेलमा भने मोरिस बिरामी परेपछि क्रिस्टियन टोलीमा फर्केका थिए । उक्त खेलमा मुनरोको स्थानमा इनिङ्सको सुरुआत गरेका जेसन रोयले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जित दिलाए । उनी खेलको म्यान अफ द म्याच पनि चुनिए । त्यसै प्रदर्शनले उनले बाँकी खेलमा आफ्नो स्थान बलियो बनाएका छन् । अन्य विदेशी खेलाडीको हकमा भने ट्रेन्ट बोल्टले तीनै खेलमा औसत प्रदर्शन गरेका छन् । कागीसो रबाडा घाइते भएपछि उनको स्थानमा आएका लियाम प्लंकेट पनि बोल्टको स्थान लिने सम्भावना रहेको छ । म्याक्स्वेल र क्रिस्टियनले भने खासै प्रभाव जमाउन सकेका छैनन् ।
पहिलो खेलमा दिल्लीका स्पिनर अमित मिश्राले खराब बलिङ गरेपछि उनको स्थानमा दोस्रो खेल सहबाज नदीमले खेले । नदीमले उक्त खेलमा २ विकेट लिए भने तेस्रो खेलमा जम्न सकेनन् । अर्का स्पिन-अलराउन्डर राहुल टेवाटियाले भने राम्रो प्रदर्शन गरिरहेका छन् । दिल्लीले आवश्यक पारेको स्थितिमा म्याक्सवेलको अफ स्पिनको पनि सहारा लिन सक्छ ।
सन्दीपले यदि मुख्य स्पिनरको भूमिका खेल्ने हो भने क्रिस्टियन, म्याक्सवेल र मोरिसमध्य एकजना मात्र खेल्नुपर्ने समीकरण दिल्लीसमक्ष छ । त्यसका लागि टोलीमा भारतीय मुलका मध्यक्रमका ब्याट्सम्यानका रुपमा नमन ओझा, पृथ्वी शअ, अभिषेक शर्मा विकल्पका रुपमा उत्रन सक्छन् । अन्य टोलीमा स्पिनरले राम्रो प्रदर्शन गरिरहँदा दिल्लीले सन्दीपलाई विकल्पको रुपमा उभ्याउन सक्छ ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]