default_image

7 years ago

April 15, 2018

राजस्थान रोयल्स विजयी, बैंगलोर घरेलु मैदानमा पराजित

86 views

0 Bookmark

बैंगलोर (एजेन्सी) – रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्ससँग घरेलु मैदानमा पराजित भएको छ। २ सय १८ सनको विशाल लक्ष्य पछ्याएको बैंगलोर १९ रनले पराजित भएको हो। 

samson

टस जितेर राजस्थानलाई ब्याटिंगको निम्तो दिएपछि सन्जु साम्सनको उत्कृष्ट पारीको मद्दतमा राजस्थानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १७ रन बनायो। साम्सन ४५ बलको सामना गर्दै २ चौका र १० छक्काको मद्दतले ९२ रन बनाउँदै नट आउट रहे। ओपनर अजिन्क्या रहानेले ३६ रनको योगदान दिए भने बेन स्टक्सले २७ तथा जोस बटलरले २३ रन बनाए।

जवाफमा बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९८ रन बनायो। ओपनर ब्रेण्डन मेककलम सस्तैमा आउट भएपछि कप्तान विराट कोहलीले बैंगलोरलाई राम्रो सुरुआत दिलाएका थिए। डी ककसँग ७७ रनको साझेदारी बनाएका कोहलीले ५७ रन बनाए। डी कक २६ रन बनाउँदै पबेलियन फर्किए। एबी डी भिलियर्स २० रनमा आउट भएपछि मन्दिप सिंह र वासिङ्टन सुन्दरको प्रयास काफी रहेन। सुन्दर १९ बलमा ३५ रन बनाउँदै आउट भए भने सिंह ४७ रनमा नटआउट रहे।

यो राजस्थान रोयल्सको तेस्रो खेलमा दोस्रो जित हो भने तीन खेल खेल्दा बैंगलोर २ मा पराजित भएको छ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.