default_image

7 years ago

April 15, 2018

आइपिएलमा हैदराबादको लगातार तेस्रो जित, कोलकाताको हार

79 views

0 Bookmark

कोलकाता (एजेन्सी)– सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार तेस्रो जित दर्ता गरेको छ । आइतबार कोलकाता नाइट राइजर्सलाई ५ विकेटले हराउँदै हैदराबादले लगातार सफलता प्राप्त गरेको हो । हैदराबाद ६ अंकसहित शीर्षस्थानमा छ ।


१ सय ३९ रनको लक्ष्य पछ्याएको हैदराबादले १ ओभर अघि नै ५ विकेट गुमाएर आवश्यक रन बटुलेको थियो । टोलीका लागि काने विलियम्सनले अर्धशतक पुरा गरे । ४४ बल खेलेका विलियम्सनले ४ चौका र १ छक्का प्रहार गरे । सकिब अल हसनले २७, ओपनर ऋद्दीमान शाहले २४ रन जोडे । युसुफ पठान १७ र दीपक हुड्डा ५ रनमा अविजित रहे । कोलकाताका लागि सुनिल नारिनले २, मिचेल जोन्सन, पियुष चावला र कुलदीप यादवले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रन बनाएको थियो । टोलीका लागि क्रिस लेनले सर्वाधिक ४९ रन बनाए भने कप्तान दिनेश कार्तिकले २९ रन जोडे । ७ ओभरमा कोलकाताले १ विकेट गुमाएर ५२ रन जोड्दा वर्षा भएपनि खेल रोकिएको थियो ।

वर्षा रोकिएपनि पुनः सुरु भएको खेलमा भने हैदरावाद हावी भएको थियो । टोलीका भुवनेश्वर कुमारले ३, बिली स्टानाले र सकिब अल हसनले समान २ र सिद्धार्थ काउलले १ विकेट लिएका थिए । कोलकाताका क्रिसले ३४ बल खेल्दै ७ चौका र १ छक्काको मद्दतमा ४९ रन बटुलेका थिए । कप्तान दिनेशले २७ बलमा २ चौका र १ छक्का प्रहार गरे । नितेश राणाले १८ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

शनिबारकै पहिलो खेलमा दिल्ली डेयर डेभिल्सले पहिलो जित हासिल गर्ने क्रममा मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको थियो ।आइपिएलमा आइतबार २ खेल हुनेछन् । पहिलो खेल रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्स तथा दोस्रो खेल किङ्स ११ पञ्जाब र चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा हुनेछ ।

March 12, 2025

थन्डर ११ इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]

March 12, 2025

प्रशिक्षण प्रतिष्ठान र मधेश आइजिपी कपको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले‌ हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]

March 12, 2025

पूजा ग्रेड ‘ए’ मा, ४ खेलाडीलाई मासिक ५० हजार

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]

Success

Thank you for your time.