default_image

6 years ago

April 14, 2018

दिल्लीको रोमाञ्चक जित, सन्दीप खेलेनन्

29 views

0 Bookmark

मुम्बई (एजेन्सी) – आइपिएलमा लगातार दुई खेलमा पराजित दिल्ली डेयरडेभिल्सले पहिलो जित निकालेको छ। दिल्लीका लागि यो सिजन पहिलो खेल खेलेका जेसन रोइको उत्कृष्ट ब्याटिंगको मद्दतले मुम्बई इन्डियन्सलाई दिल्लीले ७ विकेटले पराजित गर्यो। नेपाली यूवा स्पिनर सन्दीप लामिछानलेले यस खेलमा पनि अवसर पाएनन्। 

roy

 

१ सय १९५ रनको लक्ष्य पछ्याएको दिल्लीले जेसन रोईको शानदार ब्याटिंगको मद्दतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। रोइले ६ छक्का र ६ चौकाको मद्दतले ५३ बलको सामना गर्दै ९१ रन बनाए। कप्तान गौतम गम्भीर १५ रनमा आउट भएपछि रिशभ पन्तले उनलाई राम्रो साथ दिए। रिशभले २५ बलको सामना गर्दै ४७ रनको योगदान दिए।

अन्तिम ओभरमा दिल्लीलाई ११ रन आवश्यक हुँदा रोइले पहिलो बलमा चौका र दोस्रो बलमा छक्का प्रहार गर्दै दिल्लीलाई जित नजिक पुर्याए पनि पछिल्लो ३ बलमा कुनै रन बनाउन नसक्दा दबाबमा रहेका उनलेअन्तिम बलमा रन लिदै जित दिलाए ।

त्यसअघि दिल्लीले टस जितेर बलिङ गर्ने निर्णय लिएपछि मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९४ रन बनाएको थियो। ओपनर सुर्यकुमार याधभ र एभिन लेविसबीचको १ सय २ रनको साझेदारी बनेपछि मुम्बईले राम्रो स्कोर खडा गरेको थियो। याधभले ५३ तथा लेविसले ४८ रनको योगदान दिए। त्यस्तै इशान किसनले ४४ रन बनाए। दिल्लीका ट्रेन्ट बोल्ट, ड्यानियल क्रिस्टियन र राहुल टेवाटियाले समान २ विकेट लिए।

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

Success

Thank you for your time.