default_image

6 years ago

April 13, 2018

ललितसिंह भण्डारीलाई गोल्डस्टारको सुनको जुत्ता

38 views

0 Bookmark

धनगढ़ी (हाम्रो खेलकुद) – घरेलु टोली टिम चौराहा धनगढीका ललित सिंह भण्डारी दोस्रो धनगढ़ी प्रिमियर लिग (डीपीएल)–२ को मोष्ट भ्यालुएबल खेलाडी घोषित भएका छन् ।मोष्ट भ्यालुयबल प्लेयरको उपाधि घोषणाको लागि आयोजकले निर्णय टोली र फेसबुक भोटिङ् को सहारा लिएको थियो ।

प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका धनगढीका ललितसिंहले प्रतियोगिताको मोष्ट भ्यालुएबल खेलाडी घोषित हुदै सुनको जुत्ता प्राप्त गरेका छन् । सुनको जुत्ताको बाहिरी भाग पूरै सुन र भित्री भाग चाँदी रहेको छ ।

ललितले प्रतियोगितभर उत्कृष्ट प्रदर्शन गर्दै १४ विकेट लिन सफल भएका थिए । ललित नै प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडी बने । प्रतियोगिताभर २६ ओभर बलिङ गरेका ललितले १३.२१ को औसतमा १ सय ८५ रन खर्चदै १४ विकेट लिन सफल भएका हुन् । उनले प्रतियोगिताको फाइनलमा ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिएका थिए ।

टिम चौराहा धनगढीकै अर्का खेलाडी सुनिल धमलापनी मोष्ट भ्यालुयबल प्लेयरको उपाधि नजिक थिए । फाइनलमा ७८ रन प्रहार गरेका सुनिलले प्रतियोगिता भर ७ खेलमा २२९ रन प्रहार गरे भने १८ ओभर बलिङ् गर्दै ९६ रन खर्चेर ६ विकेट लिन सफल भएका थिए । उनले प्रतियोगितामा दुई अर्धशतक प्रहार गरेका थिए ।

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

Success

Thank you for your time.