default_image

6 years ago

April 13, 2018

काठमाडौंलाई १ सय ८२ रनको विजयी लक्ष्य

28 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद)– रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) –२ मा टिम चौराहा धनगढीले काठमाडौं गोल्डेन्सलाई जितका लागि १ सय ८२रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको घरेलु धनगढीले निर्धारित २० ओभरमा ४ विकेट गुमाए र १ सय ८१ रनको योगफल तयार पार्यो  । धनगढीका लागि ओपनर ब्याट्सम्यान सुनिल धमलाले सर्वाधिक ७८ रन बनाए । ६३ बल खेलेका धमलाले ८ चौका र ३ छक्का प्रहार गरे । अर्का ब्याट्सम्यान रोहन मुस्ताफाले ६० रन बनाए । ४२ बल खेलेका रोहनले समान ४ छक्का र प्रहार गरे । १२ रन जोड्दा पहिलो विकेट गुमाएको धनगढीको इनिङ्स सुनिल र रोहनले सम्हालेका थिए ।

सुनिल र रोहनले दोस्रो विकेटको लागि ९० बलमा १ सय ४२ रनको साझेदारी गर्दै इनिङ्स उकासेका थिए । ओपनर ब्याट्सम्यान अस्फाक एहमेद ४ रनमा आउट भए । कप्तान सोमपाल कामी ८ रनमा नटआउट रहे । सोनु तामाङ शुन्य रनमा आउट भए । राजेश पुलामी शुनय रनमा क्रिजमा रहे ।

काठमाडौंका सुवोध भाटीले दुई विकेट लिए । सन्नी पटेलले १ विकेट लिए ।  काठमाडौंले केही बेरमा ब्याटिङ थाल्नेछ ।

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

Success

Thank you for your time.