7 years ago
April 13, 2018
धनगढी (हाम्रो खेलकुद) – शुक्रबार हुने धनगढी प्रिमियर लिगको फाइनल खेलमा सोमपाल कामीको कप्तानीमा रहेको साबिक विजेता टिम चौराहा धनगढी र राष्ट्रिय टोलीका उपकप्तान समेत रहेका ज्ञानेन्द्र मल्ल कप्तान रहेका काठमाडौँ गोल्डेन्स भिड्दै छन्।खेल एसएसपि मैदानमा दिउँसो १२:३० मा सुरु हुनेछ ।
पहिलो चरणको सबै खेल जितेर क्वालिफायरमा स्थान सुरक्षित बनाएको काठमाडौँ पहिलो क्वालिफायरमा चौराहासंगै पराजित भएपछि दोस्रो क्वालिफायर खेल्न बाध्य भएको थियो । बिहिबार भएको दोस्रो क्वालिफायर खेलमा महेन्द्रनगर युनाइटेडलाई विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो । काठमाडौँका खेलाडीहरु सर्वाधिक रनकर्ता र विकेट लिनेको सुचिमा अग्रपंक्तिमामा रहेका छन् ।
कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक २ सय १८ रन प्रहार गरेका छन् भने राम्रो लयमा देखिएका ओपनर अमित श्रेष्ठ १ सय ८४ रन बनाउँदै सूचीमा तेस्रो स्थानमा छन् । काठमाडौँका भारतीय खेलाडी सन्नी पटेल १२ विकेट लिंदै सर्वाधिक विकेट लिने बलरको सूचीमा पहिलो स्थानमा छन् भने उदयीमान युवा बलर रसिद खानले ११ विकेट लिदै सूचीमा तेस्रो स्थानमा छन् ।
पहिलो चरणको अन्तिम खेलमा मात्र प्लेअफ पक्का गरेको चौरहाले क्वालिफायरमा काठमाडौँलाई १ विकेटले पाराजित गर्दै फाइनल पक्का गरेको हो । प्रतियोगितामा घरेलु टोली चौराहाका लागि ललित सिंह भण्डारीले सर्वाधिक ११ विकेट लिएका छन् भने युएईका कप्तान रोहन मुस्तफाले पनि उत्कृष्ट बलिङ् गर्दै ७ विकेट लिएका छन् । टोलीका लागि ब्याटिङ् तर्फ सुनिल धमलाले सर्वाधिक १ सय ५१ र मुस्ताफाले १३८ रनको योगदान गरेका छन् ।
यि दुई टोली यस प्रतियोगितामा यस अघि दुई पटक आमने सामने भैसकेका छन् । समुह चरणको खेलमा काठमाडौँ गोल्डेन्स ७ विकेटले विजयी भएको थियो भने पहिलो क्वालिफायरमा टिम चौराहा धनगढी १ विकेटले जित हासिल गरेको थियो ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]