7 years ago
April 13, 2018
पुने (एजेन्सी)–चेन्नाई सुपर किङ्सका भरपर्दा ब्याट्सम्यान सुरेश रैनाले चोटका कारण दुई खेल गुमाउने भएको छ। पिंडौलाको चोटका कारण रैनाले दुई खेल गुमाउने भएका हुन् । आइपिएलमा कोलकता नाईट राइडर्सविरुद्धको खेलका दौरान उनलाई चोट लागेको थियो ।
मंगलबार भएको खेलको १० औं ओभरमा सुनिल नारिनको ओभरमा १ रनका लागि दौडिएपछि रैनालाई चोटका कारण संघर्ष गर्नुपरेको थियो । त्यो खेलमा रैना १२ बलमा १४ रन बनाउँदै आउट भएका थिए।
रैनाको चोटले चेन्नाईलाई मिडल अडरमा थप समस्या पर्न सक्नेछ । केदार जाधब यसअघि ह्यामस्ट्रिंगका कारण पुरै सिजन गुमाउने पक्का भएपछि रैनाको चोटले चेन्नाईलाई थप समस्यामा पारेको हो ।
January 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा आइसिसी यु १९ महिला विश्व कप शनिवार सुरु हुँदैछ । विश्व कपको आफ्नो पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो १२ः१५ बजे मलेसियाको बागींमा रहेको युकेएम क्रिकेट ओभलमा सुरु हुनेछ । नेपाली महिला टोलीले कुनै पनि समूहमा पहिलो पटक विश्व कप खेल्न लागेको हो । सन् […]
January 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप महिला टि ट्वान्टी राष्ट्रिय प्रतियोगितामा पहिलो जित हासिल गरेको छ । कैलाली धनगढीको फाप्ला क्रिकेट मैदानमा शुक्रवार भएको दोस्रो खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ६ विकेटले हराएको हो । जितसँगै लुम्बिनीले सुपर फोरमा पुग्ने झिनो सम्भावना कायमै राखेको छ । तर त्यसका लागि आफूले जितेर मात्र पुग्दैन अरु खेलको […]
January 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा यु १६ लिगमा आज भएको खेलमा चर्च ब्वाइज युनाइटेड र एपिएफ क्लब विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रवार भएको पहिलो खेलमा चर्च ब्वाइजले हिमालयन शेर्पा क्लबलाई ४-१ ले हराएको हो। दोस्रो खेलमा एपिएफले एफसी खुमलटारलाई ३-० ले पराजित गरेको हो ।