7 years ago
April 13, 2018
हैदरावाद (एजेन्सी)– सनराइजर्स हैदरावादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार दोस्रो जित हासिल गरेको छ । बिहीबार भएको रोमाञ्चक खेलमा हैदरावादले मुम्बई इन्डियन्सलाई १ विकेटले पराजित गर्दै दोस्रो जित दर्ता गराएको हो । साविक विजेता मुम्बई भने लगातार दोस्रो खेलमा पराजित भएको छ ।
१ सय ४८ रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन जोड्दै आइपिएलमा लगातार दोस्रो जित हासिल गरेको हो । हैदरावाद ४ अंकसहित अंक तालिकाको शीर्षस्थानमा उक्लेको छ । ऋद्दीमान शाह र शिखवर धवनले पहिलो विकेटका लागि ६२ रनको साझेदारी गर्दै टोलीलाई दमदार सुरुआत दिलाएका थिए ।
तर त्यसपछिका ब्याट्म्यानले भने सन्तोषजक प्रदर्शन गर्न सकेन् । मध्यक्रमका दीपक हुडा र युसुफ पठानले इनिङ्स सम्हालेपछि हैदरावादले जितको आधार तयार पारेको थियो । ऋद्दीमानले २२ र शिखरले सर्वाधिक ४५ रनको योदान गरे । दीपकले अविजित ३२ बिल्ली स्टानलाकेले अविजित ५ रन बनाउँदा टोली विजयी भएको थियो ।
अन्तिम बलमा पुगेर हैदरावादले जित दर्ता गराएको थियो । दीपकले २५ बलमा १ चौका र १ छक्का प्रहार गरे । शिखरले २८ बल खेल्दै ८ चौका र ऋद्दीमानले २० बलमा ३ चौका प्रहार गरे । मुम्बईका मायंक मर्कान्डेले ४ ओभरमा २३ रन खर्चेर ४, मुस्ताफिजुर रहमाले ३, जसप्रित ब्रुम्ह्राले २ विकेट लिएका थिए । खेलको अन्त्यतिर मुम्बईका बलरहरुले उच्च प्रदर्शन गरेपनि जितका लागि भने पर्याप्त रहेन ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४७ रन जोडेको थियो । टोलीका लागि ओपनर इभिन लुइसले २९, सूर्यकुमार यादव र केरोन पोलार्डले समान २८, कुर्नाल पाण्डेयाले १५ र कप्तान रोहित शर्माले ११ रन बनाएका थिए ।
हैदरावादका सन्दीप शर्मा, बिली र सिद्धार्थ काउले समान २ विकेट लिए भने रसिद खान र सकिब अल हसनले समान १ विकेट लिए । हैदरावादका रसिद खेलका म्यान अफ दी म्याच घोषित भएका थिए । आइपिएलमा शुक्रबार रोयल च्यालेन्सर्ज बैंगलोर र किङ्स ११ पञ्जाबबीच प्रतिस्पर्धा हुनेछ ।
March 12, 2025
हिमाल खरेल, मेचीनगर झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा दमक क्रिकेट क्लबलाई २१ रनले पराजित गर्दै थन्डर–११ सेमिफाइनल प्रवेश गरेको छ । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियोे । वर्षाका कारण १६ ओभरको म्याच […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को दोस्रो दिन बुधवार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र मधेश प्रदेश प्रहरी कार्यालयले विजयी हुँदै सेमिफाइनलमा पुगेका छन्। राष्ट्रिय प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई ६ विकेटले हराएको छ। टस जितेर बलिङ रोजेको प्रशिक्षण प्रतिष्ठान टिमले गण्डकीलाई १९.४ ओभरमा अल आउट गर्दै ७६ रनमा समेट्यो । प्रशिक्षण […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली महिला तथा पुरुष क्रिकेट टोलीका खेलाडीको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। क्यानले १९ खेलाडीलाई कन्ट्रयाक्ट दिएको बुधवार जानकारी गराएको छ। जहाँ ४ खेलाडीले ५० हजार मासिक पारिश्रमिक पाउनेछन्। ग्रेड ‘ए’ मा इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री, र सीता राना मगर रहेका छन्। उनीहरूले मासिक […]