default_image

6 years ago

April 12, 2018

नेपालगन्ज कप क्रिकेटलाई आर्शिवाद पेन्ट्सको साथ

37 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद) – कोहलपुर स्थित प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा अर्को साता सुरु हुने नेपालगन्ज कपलाई आर्शिवाद पेन्ट्सले मुख्य प्रायोजन गरेको छ । प्रतियोगिताको आयोजक ग्रीन ईभेन्टो र आर्शिवाद पेन्ट्सबीच बिहीबार एक वर्षका लागि सम्झौता भएको छ ।

आर्शिवाद पेन्ट्सका प्रबन्ध निर्देशक दुर्गा प्रसाद चौलागाई र ब्रान्ड म्यानेजर सरोबर प्रसांइले, ग्रीन ईभेन्टोका प्रबन्ध निर्देशक मोहम्मद रफि एराकी र टुर्नामेन्ट डाईरेक्टर सौगात विक्रम शाहले सम्झौता पत्रमा हस्ताक्षर गरे । नेपालमै पहिलो पटक गरिएको टिम अक्सनबाट ६ वटा टोली लिलामी भइसकेका छन् ।

जसमा जीसान बांके ब्लास्टर,आर्शिवाद पेन्ट्स पाल्पा योद्याज,एन आई सि एसिया दंगाली र्गोखाज,पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाज,अर्घखाची सिमेन्ट्स बर्दिया टाईर्गस,एयाब्रोल टी एम टी लुम्बिनी यात्रीज छन् । यस अघि आर्शिवाद सिमेन्ट्सले पाल्पा योद्याज टिम खरिद गरि सकेको छ ।

आर्शिवाद पेन्ट्सका प्रबन्ध निर्देशक दुर्गा प्रसाद चौलागाई खेलकुद क्षेत्रमा पहिलो पटक जोडिन पाउँदा आफुहरु उत्साहित भएको बताए । उनले भने, खेलकुद त्यसमा पनि क्रिकेट क्रेज जसरी बढी रहेको छ त्यसलाई आधार मानेर खेलकुदमा लगानी गर्नु हाम्रो लागि पनि गौरवको विषय हो ।

ग्रीन ईभेन्टोले पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगितामा नीजि क्षेत्रबाट सहयोग पाउनु क्रिकेटमा अझै व्यवसायिकता बढाउन मद्दत पुग्ने टुर्नामेन्ट डाईरेक्टर शाहले विश्वास व्यक्त गरे । आर्शिवाद पेन्ट्सले ८ लाख रुपैयाँ बराबरको सहयोग गर्ने प्रतियोगिताका प्रबन्ध निर्देशक मोहम्मद रफि एराकीले बताए । वैशाख ३ बाट सुरु हुने प्रतियोगिताको विजेताले १ लाख १० हजार र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

Success

Thank you for your time.