7 years ago
April 12, 2018
धनगढी (हाम्रो खेलकुद)- धनगढ़ीमा जारी डिपिएल २ अन्तर्गतकाे दाेस्राे क्वालिफायरमा काठमाडाैं गाेल्डेन्स र महेन्द्रनगर युनाईटेडबीचकाे खेल चल्दै गर्दा बर्षात भएपछि बुधबार स्थगित भएको खेल आज दिउँसो १२:३० बजे सुरु हुनेछ ।
काठमाडाैंले टस जितेर पहिले फिल्डिङ गरेर २ अाेभरकाे खेल चलिरहँदा खेल वर्षाले स्थगित भएकाे थियाे । आजको खेलको बिजेता फाइनल प्रवेश गर्नेछ । बिजेताले उपाधिको लागि पहिलो क्वालिफायरको बिजेता चौराहासँग प्रतिस्पर्धा गर्नेछ ।
समूह चरणमा अपराजित रहदै क्वालिफायरमा प्रवेश गरेको काठमाडौँ उक्त खेलमा चौराहासँग १ विकेटले पराजित भएपछि फाइनल प्रवेशको लागि एलिमिनेटरको बिजेता महेन्द्रनगर युनाइटेडसँग भिड्ने भएको हो । प्रतियोगितामा काठमाडौँका लागि पछिल्लो दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा लय गुमाएका कप्तान ज्ञानेन्द्र मल्ल लयमा फर्कदै प्रतियोगिताकै सर्वाधिक १९२ रन प्रहार गरेका छन् भने उदयीमान युवा फास्ट बलर रशिद खानले प्रतियोगिताकै सर्वाधिक ११ विकेट लिएका छन् ।
समुह चरणमा तेस्रो हुदै एलिमिनेटरमा सिवाइसी अत्तरियालाई १५ रनले पराजित गरेको महेन्द्रनगर युनाइटेडले फाइनल प्रवेशको लागि क्वालिफायरमा पराजित टोली काठमाडौँ गोल्डेन्ससँग खेल्ने पक्का भएको हो । महेन्द्रनगरका लागि प्रतियोगितामा भारतीय खेलाडी पुनित बिष्टले सर्वाधिक १२० रन प्रहार गरेका छन् भने ३ खेल खेलेका अभिनाश कर्णले सर्वाधिक ५ विकेट लिएका छन् ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]