7 years ago
April 12, 2018
जयपुर (एजेन्सी)– वर्षाले प्रभावित इन्डियन प्रिमियर लिग (आइपिएल) को बुधबारको खेलमा राजस्थान रोयल विजयी भएको छ । डर्क वर्थ लुइस (डिएल) नियमका आधारमा राजस्थानले दिल्ली डेयर डेभिल्सलाई १० रनले हराएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको राजस्थानले १७.५ ओभरमा ५ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो । राजस्थानले पुरा २० ओभर नखेल्दै वर्षा भएको थियो । वर्षा रोकिएपछि डिएलका आधारमा दिल्लीले ६ ओभरमा ७१ रनको लक्ष्य पाएको थियो ।
तर, दिल्लीले ६ ओभरमा ४ विकेट गुमाएर ६० रन मात्र बनाउन सक्यो । टोलीका लागि क्रिस मोरिसले अविजित १७ रन जाडे भने ओपनर ग्लेन म्याक्सवेलले पनि १७ रन बनाए । रिसव पन्तले २० रन थपे । राजस्थानका बेन लौगलिनले २ विकेट लिए ।
त्यसअघि राजस्थानका लागि कप्तान अजिन्के रहानेले ४५ रन बनाए भने सन्जु समसनले ३७ रन जोडे । त्यस्तै जोस बटलरले २९, बेन स्टोक्सले १६, राहुल त्रिपाठीले अविजित १५ रन बनाए । दिल्लीका लागि सहबाज नदिमले २ तथा ट्रेन बोल्ट र मोहम्मद सामीले समान १ विकेट लिएका थिए ।
नेपाली बलर सन्दीपले दिल्लीको दोस्रो खेलमा पनि मौका पाएनन् । दिल्ली लगातार दोस्रो खेलमा पराजित हुँदा राजस्थानले दोस्रो खेलमा पहिलो जित दर्ता गराएको छ । आइपिएलमा बिहीबार सनराइजर्स हैदरवाद र मुम्बई इन्डियनबीच प्रतिस्पर्धा हुनेछ ।
March 22, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]
March 22, 2025
एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]
March 22, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने उद्घाटन खेल वर्षाले प्रभावित पार्ने अनुमान गरिएको छ । कोलकातामा वर्षा भएकाले कारण खेल हुनेमा शंका उत्पन्न भएको हो । तर, मध्याह्नतिर, घाम लागेकोले खेल हुनेमा केही आशा कायमै राखेको छ । यद्यपि, दिनको अधिकांश समय बादल मडारिएको र […]