7 years ago
April 11, 2018
धनगढी (हाम्रो खेलकुद)- धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) –२ को दोस्रो क्वालिफायर खेलमा काठमाडौँ गोल्डेन्स र महेन्द्रनगर युनाइटेड भिड्दै छन् । आजको खेलको बिजेता फाइनल प्रवेश गर्नेछ । बिजेताले उपाधिको लागि पहिलो क्वालिफायरको बिजेता चौराहासँग प्रतिस्पर्धा गर्नेछ । खेल दिउँसो १२:३० बजे सुरु हुनेछ ।
समूह चरणमा अपराजित रहदै क्वालिफायरमा प्रवेश गरेको काठमाडौँ उक्त खेलमा चौराहासँग १ विकेटले पराजित भएपछि फाइनल प्रवेशको लागि एलिमिनेटरको बिजेता महेन्द्रनगर युनाइटेडसँग भिड्ने भएको हो । प्रतियोगितामा काठमाडौँका लागि पछिल्लो दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा लय गुमाएका कप्तान ज्ञानेन्द्र मल्ल लयमा फर्कदै प्रतियोगिताकै सर्वाधिक १९२ रन प्रहार गरेका छन् भने उदयीमान युवा फास्ट बलर रशिद खानले प्रतियोगिताकै सर्वाधिक ११ विकेट लिएका छन् ।
समुह चरणमा तेस्रो हुदै एलिमिनेटरमा सिवाइसी अत्तरियालाई १५ रनले पराजित गरेको महेन्द्रनगर युनाइटेडले फाइनल प्रवेशको लागि क्वालिफायरमा पराजित टोली काठमाडौँ गोल्डेन्ससँग खेल्ने पक्का भएको हो । महेन्द्रनगरका लागि प्रतियोगितामा भारतीय खेलाडी पुनित बिष्टले सर्वाधिक १२० रन प्रहार गरेका छन् भने ३ खेल खेलेका अभिनाश कर्णले सर्वाधिक ५ विकेट लिएका छन् ।
समूह चरणमा यि दुई टोली बीचको खेल बर्षातले गर्दा जमेको पानीका कारण रद्द भएको थियो ।
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । रुपन्देहीमा बुधवार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध ८ विकेटको जित नकालेको हो । सुदूरपश्चिमले दिएको १ सय १८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि सन्तोष […]