default_image

7 years ago

April 10, 2018

‘हामी ब्याटिङमै फ्लप भयौं’-अत्तरियाका कप्तान सुवास

87 views

0 Bookmark

धनगढ़ी (हाम्रो खेलकुद)- महेन्द्रनगर युनाइटेविरुद्ध मंगलबार भएको एलिमिनेटरमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएपछि सिवाइसी अत्तरियाका कप्तान सुवास खकुरेलले विकेट अनुसारको लक्ष्य पाएपनि डट बल बढी खेल्दा जितबाट वञ्चित हुनुपरेको बताएका छन् ।

‘टार्गेट त्यति ठुलो थिएन । हामीले जहिले पनि ब्याटिङ राम्रो छ भनेर भन्यौ । तर, हरेक खेलमा हामी ब्याटिङमै फ्लप भयौं ।’ कप्तान खकुरेलले भने, ‘बीचमा थोरै अट्याक गर्न सकेको भए खेल आफ्नो पक्षमा पार्न सकिन्थ्यो । डट धेरै खायौ त्यो नै हाजको खेलमा हारको कारक बन्यो । विकेट पनि सजिलो थिएन । खेल्न गाह्रो पनि भएको थियो हामीले पनि गल्ती गर्यौ ।’ उनले मिडल अर्डरका ब्याट्सम्यानले कतिखेर डट बल र कतिखेर बाउन्ड्री हान्न त्यो सोच्न सक्नुपर्ने बताए ।

महेन्द्रनगरका कप्तान विनोद भण्डारीले यसअघि दुई खेल नहुदा पहिलाको लय कसरी समात्न सकिन्छ भन्नेमा गाह्रो भएपनि बलिङमा राम्रो प्रदर्शन गर्दा जित हात पार्न सकिएको बताए ।

महेन्द्रनगरका प्रशिक्षक विनोद दासले टिमको सोचे अनुसारको प्रदर्शन गर्न नभएपनि जित्न सकिएको बताए । ‘दुई स्किलमध्ये फिल्डिङ सोचेअनुसारको हुन सकेन । सँगसगै जसरी ब्याटिङको राम्रो शुरुवात भएको थियो । त्यो हुन सकेन ।’ प्रशिक्षक दासले भने, ‘पेपरमा हेर्दा हामी निकै बलियो टोली देखिएका छौं । तर, त्यो अनुसारको खेल्न सकेनौ । आगमी खेलमा त्यो प्रदर्शन देखाउने हाम्रो योजना हुनेछ ।’

March 12, 2025

पुलिसको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]

March 12, 2025

नेपालको तेस्रो हार

काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]

March 12, 2025

आर्मीको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । रुपन्देहीमा बुधवार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध ८ विकेटको जित नकालेको हो । सुदूरपश्चिमले दिएको १ सय १८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि सन्तोष […]

Success

Thank you for your time.