default_image

7 years ago

April 10, 2018

काठमाडौँका कप्तान ज्ञानेन्द्र मल्ल: आज ब्याटिङ र फिल्डिङ राम्रो भएन

69 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद)-  आज भएको पहिलो क्वालिफायर खेलमा काठमाडौँ गोल्डेन्स बिरुद्ध जित हात पारेपछि धनगढीका कप्तान सोमपाल कामीले अन्तिम बलसम्म पनि जित्ने आशा रहेको बताए । धनगढीका प्रशिक्षक लामाले रणनीति बनाएर खेल्दा जित हात पार्न सकिएको बताए । 

‘हामी जित्नेमा आशावादी थियौं । पहिलो इनिङ्समा विपक्षी टिमलाई हामीले कम स्कोरमै रोक्न सफल भयौं ।’ प्रशिक्षक लामाले भने, ‘सामान्य रनको स्कोर १५ ओभरभित्रै सकाउने योजना थियो । तर, निरन्तर विकेट जादा खेलले रोमाञ्चक मोड लिएपनि हामीले जित हात पार्न सक्यौं ।’ उनले फाइनलमा जुनसुकै टोली आएपनि तयार रहेको बताए ।
यता काठमाडौंका कप्तान ज्ञानेन्द्र मल्लले सर्ट गेम्सहरुमा पाएको मौकाहरु खेर फाल्दा हार बेहोर्नुपरेको बताए । ‘कम टार्गेट भएको खेलहरुमा मौकाको फाइदा लिन सक्नुपर्छ । आज हामी त्यसैमा चुक्यौ ।’ कप्तान मल्लले भने, ‘अघिल्लो खेलहरुमा ब्याटिङ चलेको थियो आज ब्याटिङ र फिल्डिङ राम्रो भएन ।’
प्रशिक्षक राजु बस्न्यातले खराव ब्याटिङले नै हार्नुपरेको बताए । ‘हामीले अन्तिम ओभरमा एक बल खराव फाल्यौं । तर, हाम्रो खराव पक्ष ब्याटिङ नै बन्यो । हामीले १ सय ५० भन्दा बढी रन बनाउने लक्ष्य बनाएका थियौं । कुनै पनि समयमा राम्रो साझेदारी गर्न सकेनौ ।’ प्रशिक्षक बस्न्यातले भने, ‘निरन्तर विकेट भरिरह्यो । जसले गर्दा नतिजा आफ्नो पक्षमा पार्न सकिएन । दुई क्याच मिस र एक ओभर थ्रु पनि हाम्रो हारको एक पक्ष बन्यो । तर, टिमले ब्याटिङ स्ट्रेन्थ अनुसार ब्याटिङ गर्न नसक्दा नै हार बेहोर्नु पर्यो ।’
‘उनीहरुले आउट स्याण्डिङ बलिङ गरेर हाम्रो ब्याट्सम्यानहरुलाई बोल्ड गर्न सकेको छैन । हामीले खराव ब्याटिङ गरेर नै विकेट गुमाएका छौं । ज्ञानेन्द्रबाहेक चार ब्याट्सम्यान क्याच आउट भएका छन् । जवर्जस्ती सर्टहरु खेल्न खोज्दा विकेट छिटै जान पुग्यो ।’ प्रशिक्षक बस्न्यताले भने । यस्तै प्रशिक्षक राजुले सेट भैसकेको ब्याट्सम्यान कप्तान ज्ञानेन्द्र मल्ल आउट हुनु र अमित श्रेष्ठ र भुपेन्द्र थापाको इनिङस् सकरात्मक नरहेको बताए ।

January 21, 2025

जय नेपाल कप क्रिकेट – ढाका र मध्यपश्चिमको जित

काठमाडौं(हाम्रो खेलकुद) – जय नेपाल कप क्रिकेटमा मंगलवार बंगलादेशको ढाका र मध्यपश्चिम विश्वविद्यालय विजयी भएका छन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको पहिलो खेलमा मध्यपश्चिम विश्वविद्यालयले भारतको दिल्ली विश्वविद्यालयलाई ६ विकेटले पराजित गरेको छ । ६० रनको सामान्य लक्ष्य मध्यपश्चिमले १०.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । मध्यपश्चिमको जितमा दीपक डुम्रेले १६ बलमा २१ […]

January 21, 2025

सन्दीपलाई‌ एक खेलको प्रतिबन्ध

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार खेलाडी सन्दीप लामिछाने लाई नेपाल क्रिकेट संघ (क्यान) ले कारबाही गरेको छ। क्यानले आयोजना गर्ने घरेलु कुनै पनि प्रतियोगिताको एक खेल खेल्न नपाउने गरि क्यानले सन्दीपलाई कारबाही गरेको हो। जय ट्रफी दौरान सन्दीपले नेपाली अम्पायरको क्षमतामा प्रश्न उठाउँदै पुस २६ गते सामाजिक सञ्जालमा असन्तुष्टी व्यक्त गरेका थिए। […]

January 21, 2025

एपिएफका १५ खेलाडीलाई‌ विषेश बढुवा

काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी बलले विभिन्न खेलका आफ्ना १५ खेलाडीलाई मंगलवार विशेष बढुवा दिएको छ। महिला फुटबल प्रशिक्षक भगवती थापालाई वरिष्ठ हवल्दारमा बढुवा गरेको सशस्त्रले एथलेटिक्सका गोपिचन्द्र पार्की र फुलमती रानालाई हवल्दारमा बढुवा गरेको छ । अन्य १२ खेलाडीलाई जवानबाट सहायक हवल्दारमा बढुवा गरेको छ। यसरी बढुवा हुनेमा फुटबलका अनिता केसी, गिता राना र […]

Success

Thank you for your time.