default_image

7 years ago

April 10, 2018

महेन्द्रनगर डिपिएलको क्वालिफायरमा, फाइनल प्रवेशका लागि काठमाडौंसँग खेल्ने

75 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – महेन्द्रनगर युनाइटेड धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) –२ को क्वालिफायरमा प्रवेश गरेको छ । इलिमेटर अन्तर्गत मंगलबार भएको खेलमा सिवाइसी अत्तरियालाई १५ रनले पराजित गर्दै महेन्द्रनगर क्वालिफायर दुईमा प्रवेश गरेको हो । खेलमा महेन्द्रनगरका लागि उत्कृष्ट बलिङ् गरेका रबिन क्षेत्री म्यान अफ द म्याच घोषित भए।

 

महेन्द्रनगरले दिएको १ सय ३१ रनको लक्ष्य पछ्याएको अत्तरियाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय १५ रनमात्र बनाउन सक्यो । अत्तरियाका सुवास खकुरेलले ३० रन बनाएपनि टिमलाई जिताउन सकेन । विपीन चन्द्रा २८ रनमा अविजित रहे । दीपेन्द्रसिंह ऐरी २७ रनमा आउट भए । दीपेन्द्र र विपीनले चौथो विकेटका् लागि ५० रनको साझेदारी गर्दै इनिङ्स उकासेपनि टिमलाई जिताउन सकेनन् ।

मध्यम शुरुवात गरेको अत्तरियाले सुवास र गौरव चितकारा ले ५.४ ओभरमा दोस्रो विकेटको लागि ४२ रनको साझेदारी गरेका थिए । २५ बल खेलेका सुवासले १ छक्कार २ चौकाको मद्दतमा ३० रन बनाए । गौरव चितकारा १४ रनमा आउट भए । प्रेम तामाङ ५ रनमा पभेलियन फर्किए । महेन्द्रनगरका रोविन क्षेत्रीले २ तथा भुवन कार्कीले १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ७ विकेट विकेट गुमाएर १ सय ३० रन जोड्यो ।

पहिलो ओभरमै कप्तान विनोद भण्डारीलाई १ रनमै गुमाएको महेन्द्रनगरको इनिङ्स आरिफ शेख र पुनित विष्टले सम्हाने प्रयास गरेका थिए । पुनित ६ रनमा आउट हुदा आरिफ ३५ रनमा आउट हुन पुगेका थिए । आसिफ शेख ११ रनमा आउट भए । रोहित कुमार पौडेल ११ रनमा आउट भए । पुनित मेहरा रनमा २६ रनमा आउट भए । प्रनित थापा मगर ५ रनमा आउट भए । करण केसी रनमा अविजित रहे । करणले १३ बलमा १ छक्का र ३ चौका प्रहार गरे ।

अत्तरियाका कमल सिंह ऐरीले २ विकेट लिए । कृष्ण कार्की, शुभांकर उराओ, विनोद लामा, दीपेन्द्रसिंह ऐरी र विपीन चन्द्राले समान १ विकेट लिए । अब महेन्द्रनगरले फाइनल प्रवेशका लागि काठमाडौंसँग खेल्नेछ । खेल बुधबार हुनेछ । काठमाडौं गोल्डेन्स मंगलबारै घरेलु टोली टिम चौराहासँग १ विकेटले पराजित भएको थियो ।

March 12, 2025

क्यानले नयाँ ग्रेडिङ सार्वजनिक गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरूको वार्षिक करार सूची सार्वजनिक गरेको छ। खेलाडीहरूलाई उनीहरूको प्रदर्शन र योगदानका आधारमा विभिन्न श्रेणीमा वर्गीकरण गर्दे पारिश्रमिक तोकेको छ। ग्रेड ‘ए’ खेलाडी (मासिक पारिश्रमिक – रु १,००,०००) ग्रेड ‘ए’ मा कप्तान रोहित पौडेल, दिपेन्द्र ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, र आसिफ […]

March 12, 2025

पुलिसको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]

March 12, 2025

नेपालको तेस्रो हार

काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]

Success

Thank you for your time.