default_image

7 years ago

April 10, 2018

काठमाडौँलाई पराजित गर्दै चौराहा फाईनलमा

68 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – टिम चौराहा धनगढी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ को फाइनलमा प्रवेश गरेको छ । घरेलु टोली धनगढीले काठमाडौं गोल्डेन्सललाई १ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । काठमाडौंको यो प्रतियोगितामा पहिलो हार हो । धनगढीसँग पराजित भएको काठमाडौंले फाइनल प्रवेशको लागि अर्काे मौका पाउनेछ । आजको खेलको म्यान अफ द म्याच शंखर राना घोषित भए ।

काठमाडौंले दिएको १ सय २८ रनको सामान्य लक्ष्य धनगढीले १९ ओभर ५ बलमा ९ विकेट गुमाएर पूरा गर्यो । रोमाञ्चक बनेको खेलको अन्तिम ओभरको पाँचौ बलमा सम्साद शेखले छक्का प्रहार गर्दै टिमलाई जित दिलाए । धनगढीका लागि रोहन मुस्ताफाले सर्वाधिक ३५ रन बनाए । शंकर राना २८ रनमा आउट भए । ओपनर सुनिल धमलाले १३ तथा शंकर रानाले रन बनाए । सोनु तामाङ १४ रनमा सन्नी पटेलको बलमा एलबीडब्लुको शिकार भए । सोमपाल कामी ६ रनमा आउट भए । अन्तिम ओभरमा बलिङमा आएका रसिद खानले तेस्रो र चौथो बलमा लगातार विकेट लिएपनि टिमलाई जिताउन सकेन ।

काठमाडौंका सन्नी पटेल र शाहव आलम र रसिद खानले समान २ विकेट लिए । सुवोध भाटी, ललित नारायण राजवंशीले समान १ विकेट लिए । संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रनको मध्यम योगफल बनायो । ८ रन हुदा दोस्रो ओभरमा ललितसिंह भण्डारीले ओपनर ब्याट्सम्यान सुवोध भाटीलाई आउट भयो । सातौ ओभरमा सुनिल धमलाले भुपेन्द्र थापालाई आउट गरेपछि काठमाडौंको इनिङ्स धर्मराएको थियो । त्यसपछि ब्याटिङमा आएका कप्तान ज्ञानेन्द्र मल्लले तेस्रो विकेटको लागि अमित श्रेष्ठसँग ५२ रनको साझेदारी गर्दै टिमको इनिङ्स उकासेका थिए ।

२३ बल खेलेका कप्तान मल्लले २३ बलमा ३८ रनको योगदान दिए । मल्लले २ छक्का र ३ चौका प्रहार गरे । ओपनर ब्याट्सम्यान अमित श्रेष्ठ ३६ रनमा आउट भए । त्यसपछि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसक्दा मध्यम योगफमा समेटियो । भुपेन्द्र थापाले १० रनमा पभेलियन फर्किए । दुई विदेशी खेलाडी सुवोध भाटी र सन्नी पटेलले यो खेलमा उलेख्य प्रदर्शन गर्न सकेनन् । पुष्प थापा १६ रनमा अविजित रहे ।

धनगढीका ललितसिंह भण्डारीले ३ विकेट लिए । कप्तान सोमपाल कामीले २ तथा सुनिल धमला, रोहन मुस्ताफा र सम्साद शेखले समान १ विकेट लिए । प्रतियोगिताको इलिमेटरमा केही बेरमा सिवाइसी अत्तरिया र महेन्द्रनरथ युनाइटेडबीच खेल हनेछ ।

March 12, 2025

क्यानले नयाँ ग्रेडिङ सार्वजनिक गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरूको वार्षिक करार सूची सार्वजनिक गरेको छ। खेलाडीलाई उनीहरूको प्रदर्शन र योगदानका आधारमा विभिन्न श्रेणीमा वर्गीकरण गर्दे पारिश्रमिक तोकेको छ क्यानले जनाएको छ। ग्रेड ‘ए’ खेलाडी (मासिक पारिश्रमिक – १ लाख रुपैयाँ) ग्रेड ‘ए’ मा कप्तान रोहित पौडेल, दिपेन्द्र ऐरी, सन्दीप लामिछाने, […]

March 12, 2025

पुलिसको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]

March 12, 2025

नेपालको तेस्रो हार

काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]

Success

Thank you for your time.