default_image

7 years ago

April 10, 2018

चौराहालाई १ सय २८ रनको विजयी लक्ष्य

75 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – काठमाडौं गोल्डेन्सले घरेलु टोली टिम चौराहा धनगढीलाई रनको विजयी लक्ष्य दिएको छ । संघीय प्रहरी इकाई कार्यालयको खेल मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रनको मध्यम योगफल बनायो ।

८ रन हुदा दोस्रो ओभरमा ललितसिंह भण्डारीले ओपनर ब्याट्सम्यान सुवोध भाटीलाई आउट भयो । सातौ ओभरमा सुनिल धमलाले भुपेन्द्र थापालाई आउट गरेपछि काठमाडौंको इनिङ्स धर्मराएको थियो । त्यसपछि ब्याटिङमा आएका कप्तान ज्ञानेन्द्र मल्लले तेस्रो विकेटको लागि अमित श्रेष्ठसँग ५२ रनको साझेदारी गर्दै टिमको इनिङ्स उकासेका थिए ।

२३ बल खेलेका कप्तान मल्लले २३ बलमा ३८ रनको योगदान दिए । मल्लले २ छक्का र ३ चौका प्रहार गरे । ओपनर ब्याट्सम्यान अमित श्रेष्ठ ३६ रनमा आउट भए । त्यसपछि अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न नसक्दा मध्यम योगफमा समेटियो । भुपेन्द्र थापाले १० रनमा पभेलियन फर्किए । दुई विदेशी खेलाडी सुवोध भाटी र सन्नी पटेलले यो खेलमा उलेख्य प्रदर्शन गर्न सकेनन् । पुष्प थापा १६ रनमा अविजित रहे ।

धनगढीका ललितसिंह भण्डारीले ३ विकेट लिए । कप्तान सोमपाल कामीले २ तथा सुनिल धमला, रोहन मुस्ताफा र सामसद शेखले समान १ विकेट लिए । यो खेलमा जित हात पार्ने टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ भने, पराजित हुने टिमले अर्काे एक मौका पाउनेछ । धनगढीले केही बेरमा ब्याटिङ थाल्नेछ ।

March 12, 2025

पुलिसको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]

March 12, 2025

नेपालको तेस्रो हार

काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]

March 12, 2025

आर्मीको लगातार दोस्रो जित

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । रुपन्देहीमा बुधवार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध ८ विकेटको जित नकालेको हो । सुदूरपश्चिमले दिएको १ सय १८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि सन्तोष […]

Success

Thank you for your time.