7 years ago
April 9, 2018
नेपालगन्ज (हाम्रो खेलकुद)– अर्को साता सुरु हुने नेपालगन्ज कप क्रिकेटका सहभागी ६ टोलीका प्रशिक्षकको नाम सोमबार सार्वजनिक गरिएको छ । प्रदेश नम्बर ५ मा पहिलो पटक आयोजना हुने नेपालगन्ज कप सोमबार सुरु हुने भएको छ ।
लामो समय देखि प्रशिक्षणमा रहँदै आएका राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षक दीपेन्द्र प्रताप सिंह एयाब्रोल लुम्बिनी यात्रीजका प्रशिक्षक
नियुक्त भएका छन् । दुर्गा सेन जीसान बांके ब्लास्टरका प्रशिक्षक चुनिए ।
आर्शिवाद पेन्टस् पाल्पा योद्याजका प्रशिक्षक ईरफान हुसैन सैयद,अर्घखाची सिमेन्टस बर्दिया टाईर्गसका लागि पूर्व खेलाडी दाङका सन्जु क्षेत्री नियुक्त भएका छन् । दंगाली गोर्खाजका दाङकै पूर्व खेलाडी रुपेश शर्मा र पप्पु कनस्ट्रकसन रोल्पा गोरील्लाजका लागि महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक रहि सकेका जमिल अहमद अन्सारी प्रशिक्षक नियुक्त भएका छन् । यस अघि सबै टोलीका कप्तानको नाम सार्वजनिक गरिएको थियो ।
मालिकहरुलाई सम्झौता पत्र हस्तान्तरण
नेपालगन्ज कप क्रिकेटका ६ वटा टोलीका मालिकहरुलाई सोमबार सम्झौता पत्र हस्तान्तरण गरिएको छ । चैत २० गते टिम अक्सनबाट टिम खरिद गरिएका जीसान बांके ब्लास्टर,आर्शिवाद पेन्ट्स पाल्पा योद्याज,अर्घखांची सिमेन्टस बर्दिया टाईर्गस,अर्जुन पाण्डेको दंगाली गोर्खाज,पप्पु कन्सट्रक्सन रोल्पा गोरिल्लाज,एयाब्रोल लुम्बिनी यात्रीजका प्रतिनिधिलाई आयोजक ग्रीन ईभेन्टोका प्रबन्ध निर्देशक मोहम्मद रफी एराकीले सम्झौता पत्र हस्तान्तरण गरेका थिए । सम्झौता पत्र एक वर्षको रहेको बताइएको छ ।
टिमको गीत सार्वजनिक
टि ट्वान्टी फम्र्याटमा हुने प्रतियोगिताका लागि हरेक टोलीको सन्देश गीत समेत सार्वजनिक गरिएको छ । प्रत्येक टिमका लागि छुटटा छुटटै गीतको रचना ऋषि भटट्ले गरेका छन् भने अभिशेख अर्जेलले आवाज दिएका छन् । नेपालगन्ज कपको भिडियो र गीत यस अघिनै सार्वजनिक भैसकेको छ ।
कोहलपुर स्थित प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको तयारी तीब्र रुपमा अघि बढेको ईभेन्ट डाईरेक्टर सौगात विक्रम शाहले बताए । प्रतियोगिताको विजेताले १ लाख १० हजार र दोस्रो हुने टोलीले ६० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरूको वार्षिक करार सूची सार्वजनिक गरेको छ। खेलाडीलाई उनीहरूको प्रदर्शन र योगदानका आधारमा विभिन्न श्रेणीमा वर्गीकरण गर्दे पारिश्रमिक तोकेको छ क्यानले जनाएको छ। ग्रेड ‘ए’ खेलाडी (मासिक पारिश्रमिक – १ लाख रुपैयाँ) ग्रेड ‘ए’ मा कप्तान रोहित पौडेल, दिपेन्द्र ऐरी, सन्दीप लामिछाने, […]
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]