default_image

6 years ago

April 9, 2018

रुस्लान डिपिएल २ – काठमाडौं र धनगढीबीचको विजेता सोझै फाइनल पुग्ने

53 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद)– धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) –२ को प्ले अफका खेलहरु मंगलबार हुँदैछन् । संघीय प्रहरी इकाई कार्यालय धनगढीको क्रिकेट मैदानमा हुने पहिलो क्वालिफायरमा लिगमा अपराजित रहेको काठमाडौं गोल्डेन्स र घरेलु टोली टिम चौराहा धनगढीबीच हुनेछ । इलिमिनेटरमा महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरियाबीच प्रतिस्पर्धा हुनेछ ।

काठमाडौं र धनगढीबीचको खेलको विजेता सोझै प्रतियोगिताको फाइनलमा प्रवेश गर्नेछ । त्यसमा पराजित हुने टोलीले अर्को मौका पाउनेछ । काठमाडौं र धनगढीबीचको पराजित टोलीले इलिमिनेटर विजेतासँग फाइनल प्रवेशको लागि पुनः प्रतिस्पर्धा गर्नेछ । काठमाडौं गोल्डेन्स आफ्नो अपराजित यात्रालाई निरन्तरता दिदै फाइनल पुग्ने लक्ष्यमा हुनेछ ।

काठमाडौंको कप्तानी गरिरहेको राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ल आफ्नो फर्ममा फर्किएको संकेत दिएका छन् । यस्तै काठमाडौंका भारतीय खेलाडी सुवोध भाटी र सन्नी पटेलले जारी लिगमा उच्च प्रदर्शन गरिरहेका छन् । ज्ञानेन्द्रले मंगलबार आत्मविश्वासी भएर प्रदर्शन गर्दै फाइनल प्रवेशका लागि खेल्ने बताए ।

‘हामीले लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेका छौं । त्यही प्रदर्शनलाई मंगलबार पनि निरन्तरता दिने लक्ष्यमा हुनेछौं ’ उनले भने, , ‘विपक्षी टोली पनि राम्रो छ । उनीहरुका दुई विदेशीसहितको अन्य खेलाडीहरु पनि राम्रो रहेको छ । उनीहरुलाई छिट्टै रोक्ने हाम्रो योजना हुनेछ । त्यसका लागि हामी उत्कृष्ट खेल्दै फाइनल प्रवेश गर्नेछौं ।’

काठमाडौं गोल्डेन्सले आफ्नो पहिलो खेलमा टिम चौराहा धनगढीलाई ७ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा रुपन्देही च्यालेन्जर्समाथि ६३ रनको तथा तेस्रो खेलमा सिवाइसी अत्तरियामाथि ११ रनको जित निकालेको थियो । चौथो खेलमा विराटनगर किङ्समाथि ५ विकेटको जित निकाल्दा महेन्द्रनगर युनाइटेडविरुद्धको समूह चरणको अन्तिम खेल वर्षाका कारण हुन सकेको थिएन ।

धनगढीका प्रशिक्षक शेरबहादुर लामाले मंगलबारको क्वालिफायर खेल प्रतिस्पर्धात्मक हुने बताए । ‘हामी लिगको पहिलो खेलमै काठमाडौंसँग पराजित भएका छौं । उनीहरुले हामीलाई सहज लिइरहेको हुन सक्छ,’ उनले भने,‘ ‘लिग चरणमा नराम्रोसँग हराएकाले उनीहरुले सोही आत्माविश्वास खेल्न सक्छ । तर, हामी त्यसको फाइदा उठाउनेछौं ।’

यस्तै प्रशिक्षक लामाले दुई विदेशी खेलाडीको आगमनले टिम बलियो बनेको बताए । ‘दुई विदेशी खेलाडी रोहन मुस्ताफा र अस्फाक एहमेदको आगमनले टिम बलियो बनेको छ । हामीलाई घरेलु दर्शकको पनि राम्रो साथ छ ।’ प्रशिक्षक लामाले भने, ‘दुई विदेशी खेलाडीसहित घरेलु दर्शकको समर्थनले हामीलाई हौसला मिल्नेछ । यो पनि जितको आधार बन्न सक्छ ।’

यस्तै मंगलबारै इलिमेटरमा महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरियाबीच खेल हुदैछ । यो खेलमा जित हात पार्ने टिम क्वालिफायरमा प्रवेश गर्नेछ भने, पराजित हुने टिम प्रतियोगिताबाट बाहिरिनेछ । अत्तरियाले आइतबार पारस खड्काको कप्तानीमा रहेको विराटनगर किङ्सलाई पराजित गर्दै प्ले अफमा स्थान पक्का गरेको थियो । महेन्द्रनगरले लिग चरणमा २ खेलमा जित हात पार्दा १ खेलमा हार बेहो¥यो । अत्तरियाले ४ खेलमा समान २ जित र २ हार बेहोरेको थियो ।

आइपिएलको विजेताले २५ लाख, दोस्रो हुने टोलीले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो टोलीले ३ लाख र चौथो टोली २ लाख प्राप्त गर्नेछन् । ‘म्यान अफ दि सिरिज’ले एक थान टीभिएस अपाचे मोटरसाइकल प्राप्त गर्नेछन् भने मोस्ट भ्यालुएबल खेलाडीलले गोल्डस्टारको सुनको जुत्ता पाउनेछन् ।

September 19, 2024

अश्विनको शतकमा भारत बलियो स्थितिमा

एजेन्सी – अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितीमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ […]

September 19, 2024

गुलशनको अलराउन्ड प्रदर्शनका बाबजुद नेपाल पराजित

काठमाडौं(हाम्रो खेलकुद) – गुलशन झाको अलराउन्ड प्रदर्शनको बाबजुत नेपाल आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा ओमानसँग पराजित भएको छ । क्यानडाको किङ्ग सिटीमा बिहीवार बिहान सम्पन्न खेलमा नेपालमाथि ओमानले १ विकेटको जित हात पारेको हो । मंगलबार भएको पहिलो ओडिआईमा पनि नेपाल घरेलु टोलीसँग पराजित भएको थियो । नेपालले दिएको २ सय २१ रनको लक्ष्य […]

September 19, 2024

ओमानको आधा टिम पेभिलियन फर्कियो

काठमाडौं(हाम्रो खेलकुद) – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको ओमानको आधा टिम पेभिलियन फर्किएको छ । ओमानका लागि पाँचौ विकेटका रुपमा प्रतिक अथाभाले आउट भएसँगै आधा टिम पेभिलियन फर्किएको हो । अथाभाले करण केसीको बलमा आउट भएका हुन् । उनले ३६ बलमा २६ रन बनाएका थिए । त्यसअघि चौथो विकेटका रुपमा आयान […]

Success

Thank you for your time.