7 years ago
April 9, 2018
कोलकाता (एजेन्सी) – सुनिल नारिनको अल राउण्ड प्रदर्शनको मद्दतले कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेङ्गलोरलाई ४ विकेटले पराजित गरेको छ। टस जितेर बलिङ रोजेको कोलकाताले पाएको १ सय ७७ रनको लक्ष्य ६ विकेट गुमाउँदै १८.५ ओभरमा पुरा गर्यो।
१ सय ७७ रनको लक्ष्य पछ्याएको कोलकाताका लागि सुनिलले विष्फोटक सुरुआत दिलाए। १९ बलको सामना गर्दै ५० रन बनाएका सुनिल खेलको म्यान अफ द म्याच भए। त्यस्तै नितिस रानाले ३४ रनको योगदान दिए भने कप्तान दिनेश कार्तिक ३५ रनमा अविजित रहे। बेङ्गलोरका लागि इङलिग बलर क्रिस वोक्सले सर्वाधिक ३ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिंग गरेको बेङ्गलोरका लागि ओपनर ब्राण्डान म्याककलमले ४३ रन बनाए भने एबी डी भिलियर्सले ४४ र कप्तान विराट कोहलीले ३१ रन जोडे। मन्दीप सिंहले १८ बलको सामना गर्दै बेङ्गलोरका लागि ३७ रन जोडेका थिए। पहिलो दुई ओभरमा कसिलो बलिङ गरेका सुनिलले ४ ओभरमा ३० रन खर्चिदै १ विकेट लिएका थिए।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरूको वार्षिक सेन्ट्रल कन्ट्रयाक्ट सार्वजनिक गरेको छ। कुल पुरूष खेलाडीलाई क्यानले मासिक पारिश्रमिक दिने भएको छ। जसमा ५ खेलाडीले मासिक १ लाख प्राप्त गर्नेछन्। ५ श्रेणीमा ३३ खेलाडीलाई वर्गीकरण गरिएको छ। जहाँ श्रणी अनुसार १ लाख देखि २५ हजार नगद खेलाडीहरूले प्राप्त […]
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]