7 years ago
April 8, 2018
मोहाली (एजेन्सी) – किङ्स ११ पञ्जाबले घरेलु मैदानमा भएको खेलमा दिल्ली डेयरडेभिल्स विरुद्ध सहज जित निकालेको छ। १ सय ६७ रनको लक्ष्य पछ्याएको पञ्जाबलाई केएल राहुलले विष्फोटक सुरुआत दिलाएपछि पञ्जाबले ६ विकेटको सहज जित निकाल्यो। यस खेलमा नेपालका युवा स्पिनर सन्दीप लामिछानेले खेल्ने अवसर पाएनन्।
टस जितेर बलिङ गर्ने निर्णय गरेको पञ्जाबले १८.५ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। १६ बलमा ५१ रन बनाउँदै अर्धशतक बनाएका राहुलले आइपिएलमा सबै भन्दा छिटो अर्धशतक बनाउने कीर्तिमान राखे। उनले केवल १४ बलमा अर्धशतक बनाएका थिए। त्यस्तै करुण नायरले पनि विजयी टोलीका लागि अर्धशतकको योगदान दिए।
त्यसअघि पहिलो ब्याटिंग गरेको दिल्लीले कप्तान गौतम गम्भीरको अर्धशतकको मद्दतले १ सय ६६ रन बनाएको थियो। निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै दिल्लीले उक्त योगफल तयार गरेको थियो। पञ्जाबका अफगानी स्पिनर मुजिब उर रहमानले कसिलो बलिङ गरे। उनले ४ ओभरमा २८ रन खर्चिदै २ विकेट लिए।
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । रुपन्देहीमा बुधवार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध ८ विकेटको जित नकालेको हो । सुदूरपश्चिमले दिएको १ सय १८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि सन्तोष […]