7 years ago
April 8, 2018
मोहाली (एजेन्सी) – जारी भिभो आइपिएलमा किङ्स ११ पञ्जाबका केएल राहुलले दिल्ली डेयरडेभिल्स विरुद्द सबै भन्दा थोरै बलको सामना गर्दै अर्धशतक बनाउँदै कीर्तिमान रचेका छन्।
टस जितेर बलिङ गरेको पञ्जाबका लागि राहुलले १ सय ६७ रनको लक्ष पछ्याउने क्रममा १४ बलमा अर्धशतक बनाएका हुन्। उनले ६ चौका र ४ छक्का प्रहार गर्दै अर्धशतक पुरा गरे। यसअघि कोलकाता नाइट राइडर्सका सुनिल नारायनले रोयल च्यालेन्जर्स बेङ्गलोर विरुद्ध १५ बलमा प्रहार गरेको सबै भन्दा छिटो अर्धशतक थियो।
नेपाली युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्लीले आज भने पहिलो खेलमा सन्दीपलाई मौका दिएको थिएन। सन्दीपलाई अमित मिश्रको ब्याक अपको रुपमा हेरिदै आएको छ। राहुलले अमितको पहिलो ओभरमा २४ रन प्रहार गरेका थिए।
अपडेट : उनी ५१ रन बनाउँदै आउट भएका छन्।
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीका खेलाडीहरूको वार्षिक करार सूची सार्वजनिक गरेको छ। खेलाडीहरूलाई उनीहरूको प्रदर्शन र योगदानका आधारमा विभिन्न श्रेणीमा वर्गीकरण गर्दे पारिश्रमिक तोकेको छ। ग्रेड ‘ए’ खेलाडी (मासिक पारिश्रमिक – रु १,००,०००) ग्रेड ‘ए’ मा कप्तान रोहित पौडेल, दिपेन्द्र ऐरी, सन्दीप लामिछाने, सोमपाल कामी, र आसिफ […]
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]