9 years ago
January 20, 2016
दिपक बोहोरा , पाचथर
नेपालले पछिल्लो समय क्रिकेटमा निकै प्रगति गरेको छ । यहि प्रगतिले नेपालमा अहिले क्रिकेट निकै लोकप्रिय बन्दै गएको छ । बङलादेशमा सम्पन्न टि २० विश्बकपमा गरेको प्रर्दशन होस वा लिग डिभिजनमा गरेको प्रर्दशन होस सबै तारीफ योग्य प्रर्दशन थिए ।नेपालमा अहिले क्रिकेट निकै लोकप्रिय बन्दै गएको छ ।
पाँचथरको जिल्ला बिकास समिति अगाडि एक खाली भुभाग रहेको छ । त्यो खाली ठाउमा विद्यालय बिदा भएको दिन केटा केटीहरुको भिडभाड र होहल्ला हुन्छ । कोहि कोहि म ब्याटिङ गर्छु भन्दै गरेको पाइन्छ । बच्चाहरु ब्याट र बल बोकेर हिडछन अनि जहा खाली ठाउ भेट्छन अनि सुरु हुन्छ उनिहरुको क्रिकेट । यो देख्दा उनिहरुमा क्रिकेट क्रेज धेरै छ । उनिहरुमा प्रतिभा छ । अनि उनिहरुमा क्रिकेट प्रति माया छ । तर अफसोच उनिहरु संग क्रिकेट खेल्ने मैदान छैन । यि बच्चाहरु लाई देख्दा लाग्छ यिनिहरुमा अबसर पाए केहि गर्न सक्छन ।
सुदुर पुर्वमा रहेको पहाडि जिल्ला पाँचथरमा पछिल्लो समय क्रिकेट क्रेज निकैनै बढेको पाइन्छ । एक बर्ष अगाडि सदरमुकामा रहेका बिद्यालयहरुलाई समेटेर फुटबल खेल्ने फिदिम उच्च मा.बिको खेलमैदानमा बिद्यालय स्तरिय क्रिकेट आयोजना गरेको थियो । त्यस पछि एक दुइ बटा खेलहरु सञ्चालन भए त्यस पछि स्थानीय स्तरमा क्रिकेट गतिबिधि शुन्य प्राय छ । यसलाई हेर्दा खेलकुद क्षेत्रमा सरकार संग धेरै चुनैतिहरु रहेको देखिन्छ ।
देशको दुरदराजमा रहेका प्रतिभाहरुलाई उचित व्यवस्थापन गर्नू पनि उतिकै चुनैति रहेको पाइन्छ । उनिहरुको उचित व्यवस्थापन नभएको खण्डमा ति बालकहरुको क्रिकेट एक सपना हुनेछ । यसतर्फ सबैको ध्यान जाओस ।
February 21, 2025
एजेन्सी – ओपनर रायन रिकल्टनको शतक प्रेरित दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफीमा डेब्यु गरेको अफगानिस्तानलाई पराजित गरेको छ । समूह ‘बी’ को शुक्पहिलोकि खेलमा अफगानिस्तानमाथि दक्षिण अफ्रिकाले १ सय ७ रनको जित हात पारेको हो । ३ सय १६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३.३ ओभरमा २ सय ८ रनमा समेटियो । अफगानिस्तानका रहमत साहले सर्वाधिक ९० […]
February 21, 2025
एजेन्सी – रायन रिकल्टनको शतकमा दक्षिण अफ्रिका बाट च्याम्पियन्स ट्रफीमा डेब्यु गरेको अफगानिस्तानले बलियो लक्ष्य पाएको छ । पाकिस्तानको कराँचीस्थित नेसनल क्रिकेट स्टेडियममा जारी रहेको समूह ‘बी’ को पहिलो खेलमा अफगानिस्तानले ३ सय १६ रनको बलियो लक्ष्य पाएको छ। टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १५ रन […]
February 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय प्रतियोगिता पहिलो पटक काठमाडौं बाहिर हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रवार प्रतियोगिताको खेल तालिका जारी गर्दै प्रतियोगिताका सबै खेल लुम्बिनी प्रदेशको ३ वटा क्रिकेट मैदानमा हुने जनाएको छ । रुपन्देहीको सिद्धार्थ रंगशाला र एक्स्ट्राटेक ओभलमा तथा दाङको लमही क्रिकेट मैदानमा खेलहरु संचालन हुनेछ […]