7 years ago
April 8, 2018
धनगढी (हाम्रो खेलकुद) – सिवाइसी अत्तरिया रुस्लान डिपिएल –२ को प्ले अफमा पुग्ने चौथो टोली बनेको छ । आइतबार भएको लिगको अन्तिम खेलमा सिवाइसी अत्तरियाले विराटनगरलाई ६ विकेटले पराजित गर्दै प्ले अफमा पुग्ने चौथो टोली बनेको छ । यसअघि काठमाडौं गोल्डेन्स, महेन्द्रनगर युनाइटेड र टिम चौराहा धनगढीले प्ले अफमा स्थान बनाइसकेको थियो । अत्तरियाका लागि १३ बलमा २६ रन प्रहार गरेका विपिन चन्द्रा खेलको म्यान अफ द म्याच घोषित भए अत्तरियाका लागि १३ बलमा २६ रन प्रहार गरेका बिपिन चन्द्रा
विराटनगरले दिएको ५६ रनको लक्ष्य पछ्याएको अत्तरियाले ५ ओभर २ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा ग¥यो । अत्तरियाका दीपेन्द्रसिंह ऐरीले २० रन बनाए । विपीन चन्द्रा २६ रनमा नटआउट रहे । अत्तरियाले खेलको पहिलो ओभरमै ओपनरद्धय गौरव चितकारा र कुशल भुर्तेललाई गुमाएको थियो । चितकारा शुन्य रनमा आउट हुदा कुशल ४ रनमा आउट भए । त्यसपछि क्रिजमा आएका कप्तान दीपेन्द्र सिंह ऐरी र विपीनले टिमको तेस्रो विकेटको लागि ५१ रनको साझेदारी गर्दै जित नजिक पुर्याएका थिए ।
अन्तिम ओभरमा कप्तान पारस खड्काले २ विकेट लिदै टिमको आशा जगाएपनि त्यो पूरा हुन सकेन । विराटनगरका राम नरेश गिरीले पनि २ विकेट लिए । वर्षाले प्रभावित बनेको खेल ६ ओभरमा छोट्याइएपछि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले ३ विकेट गुमाएर ५५ रन बनायो ।
एसएसपी क्रिकेट मैदानमा आइतबार भएको खेलमा विराटनगका लागि ओपनर ब्याट्सम्यान अनिल कुमार शाह १५ रनमा आउट भए । अनिल कमल सिंह ऐरीको बलमा कुशल भुर्तेलबाट क्याच आउट भए । अर्का ओपनर ब्याट्सम्यान बाबार हायात १४ रनमा आउट भए । बाबार दोस्रो ओभरमा शुभांकर उराओको बलमा कुशल भुर्तेलबाट क्याच आउट भए ।
कप्तान पारस खड्का ९ रनमा आउट भए । दीलिप नाथ १५ रनमा नटआउट रहे । ९ बल खेलेका दीलिपनाथले १ छक्का र १ चौका प्रहार गरे । पवर्न सर्राफ रनमा क्रिजमा रहे । अत्तरियाका कमलसिंह ऐरीले २ तथा शुभांकर उराओले १ विकेट लिए ।
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । पुलिसले बुधवार कोशी प्रदेशलाई १ सय ५४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । २ सय ८९ रनको लक्ष्य पछ्याएको कोशी ३६.२ ओभरमा १ सय ३४ रनमा अल आउट भयो । कोशीका […]
March 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वुमन्स डे अन्तराष्ट्रिय क्रिकेट सिरिजमा नेपाल नामिबियासँग २३ रनले पराजित भएको छ। फितलो ब्याटिङ नै नेपालको हारको प्रमुख कारण बन्यो। सिरिजमा नेपालको यो तेस्रो हार हो। जितको लागि १ सय २६ रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २ रनमा समेटियो। नेपालको लागि साना प्रविणले ३१ रन बनाइन्। […]
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप (पिएम) राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । रुपन्देहीमा बुधवार भएको खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशविरुद्ध ८ विकेटको जित नकालेको हो । सुदूरपश्चिमले दिएको १ सय १८ रनको लक्ष्य आर्मीले २३.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीका लागि सन्तोष […]