default_image

7 years ago

April 7, 2018

रोमाञ्चक खेलमा रुपन्देहीलाई पराजित गर्दै चौराहा प्ले अफमा

79 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – घरेलु टोली टिम चौराहा धनगढी सर्वाधिक पुरस्कार राशिको रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ को प्ले अफमा पुग्न सफल भएको छ । लिग अन्तर्गत शनिबार भएको अन्तिम खेलमा रुपन्देही च्यालेन्जर्सलाई ३ रनले पराजित गर्दै धनगढीले प्ले अफमा स्थान बनाएको हो । खेलमा चौराहाका लागि विस्फोटक ब्याटिङ् गरेका सोनु तामाङ् म्यान अफ द म्याच घोषित भए ।
चौराहाले लिगमा ५ खेलबाट ६ अंक जोड्दै प्ले अफमा पुगन सफल भयो । चौराहाले दिएको ७७ रनको लक्ष्य पछ्याएको रुपन्देहीले ५ विकेट गुमाएर ७३ रनमात्र बनाउन सक्यो । रुपन्देहीका लागि सागर पुनले सर्वाधिक ३३ रन बनाएपनि टिमलाई जिताउन सकेन । दीपक प्रसाद १६ रनमा आउट भए । सुफयन मेहमुद ८ रनमा नटआउट रहे । यसअघिका चार खेलमा उत्कृष्ट प्रदर्शन गरेका ओपनर ब्याट्सम्यान प्रदिप ऐरी ६ रनमै आउट भए । सिद्धान्त लोहनी ३ रनमा ललितसिंह भण्डारीको बलमा रन आउटको शिकार हुन पुगे ।
चौराहा धनगढीका रोहन मुस्ताफाले २ तथा ललितसिंह भण्डारीले १ विकेट लिए । एसएसपी क्रिकेट मैदानमा शनिबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको रुपन्देहीले सोनु तामाङको विस्फोटक ब्याटिङ मद्दतमा निर्धारित ८ ओभरमा ७ विकेट गुमाएर ७६ रन बनाएको हो । चौराहाका लागि सोनु तामाङले ३४ रन बनाए । १४ बल खेलेका सोनुले ४ छक्का र १ चौका प्रहार गरे । रोहन मुस्ताफाले १५ रन बनाए । सुनिल धमला ६ रनमा आउट पभेलियन फर्किए ।
कप्तान सोमपाल कामी सुसन भारीको बलमा सागरपुनबाट उत्कृष्ट रुपमा क्याचआउट हुनुअघि ३ रनमा आउट भए । पहिलो बलमै अस्फाक अहमेदलाई शुन्य रनमा गुमाएको चौराहाको इनिङ्स सोनु तामाङले सम्हाले । सोनुले चौथो ओभरमा सागर पुनको तेस्रो, चौथो र पाचौैं बलमा लगातार छक्का प्रहार गर्दै राम्रो शुरुवात दिएका थिए ।
राजेश पुलामी मगर ९ रनमा आउट हुदा योगेन्द्रसिंह कार्की ५ तथा शंकर राना २ रनमा क्रिजमा रहे । रुपन्देहीका सुसन भारीले ३ तथा दीपेश श्रेष्ठले २ विकेट लिए । सागर पुन र कप्तान शक्ति गौचनले १ विकेट लिए । हारसँगै रुपन्देहीले प्रतियोगितामा एक जित पनि निकाल्न सकेन ।

May 1, 2025

चेन्नई आइपिएलको प्ले अफ दौडबाट बाहिरियो

एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]

April 30, 2025

पन्जाब किङ्सलाई सामान्य चुनौती

एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सलाई १ सय ९१ रनको चुनौति दिएको छ। पन्जाबले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो। ४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो। चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको […]

April 30, 2025

पन्जाबले टस जित्यो

एजेन्सी – पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेलमा टस जितेको छ। चेन्नई सुपर किङ्ससँगको खेलमा पन्जाबले टस जितेर फिल्डिङ रोजेको छ। अंक तालिकामा पन्जाब पाचौं र चेन्नई पुछारमा छ।

Success

Thank you for your time.