default_image

7 years ago

April 7, 2018

रुपन्देही च्यालेंजर्सलाई ७७ रनको लक्ष्य

68 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ को आजको खेलमा घरेलु टोली टिम चौराहा धनगढीले रुपेन्देही च्यालेन्जर्सलाई जितका लागि ७७ रनको लक्ष्य दिएको छ । एसएसपी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको रुपन्देहीले सोनु तामाङको विस्फोटक ब्याटिङ मद्दतमा निर्धारित ८ ओभरमा ७ विकेट गुमाएर ७६ रन बनाएको हो ।
चौराहाका लागि सोनु तामाङले ३४ रन बनाए । १४ बल खेलेका सोनुले ४ छक्का र १ चौका प्रहार गरे । रोहन मुस्ताफाले १५ रन बनाए । सुनिल धमला ६ रनमा आउट पभेलियन फर्किए । कप्तान सोमपाल कामी सुसन भारीको बलमा सागर पुनबाट उत्कृष्ट रुपमा क्याचआउट हुनुअघि ३ रनमा आउट भए ।
पहिलो बलमै अस्फाक अहमेदलाई शुन्य रनमा गुमाएको चौराहाको इनिङ्स सोनु तामाङले सम्हाले । सोनुले चौथो ओभरमा सागर पुनको तेस्रो, चौथो र पाचौैं बलमा लगातार छक्का प्रहार गर्दै राम्रो शुरुवात दिएका थिए । राजेश पुलामी मगर रनमा नटआउट रहे ।
रुपन्देहीका सुसन भारीले ३ तथा दीपेश श्रेष्ठले २ विकेट लिए । सागर पुन र शक्ति गौचनले १ विकेट लिए । रुपन्देहीले केहीबेरमा ब्याटिङ थाल्नेछ । वर्षाका कारण खेल ८ ओभरमा झारिएको हो ।

May 1, 2025

चेन्नई आइपिएलको प्ले अफ दौडबाट बाहिरियो

एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]

April 30, 2025

पन्जाब किङ्सलाई सामान्य चुनौती

एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सलाई १ सय ९१ रनको चुनौति दिएको छ। पन्जाबले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो। ४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो। चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको […]

April 30, 2025

पन्जाबले टस जित्यो

एजेन्सी – पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेलमा टस जितेको छ। चेन्नई सुपर किङ्ससँगको खेलमा पन्जाबले टस जितेर फिल्डिङ रोजेको छ। अंक तालिकामा पन्जाब पाचौं र चेन्नई पुछारमा छ।

Success

Thank you for your time.