7 years ago
April 7, 2018
धनगढी (हाम्रो खेलकुद) –रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)–२ को शनिबारको लागि तय भएको टिम चौराहा धनगढी र रुपन्देही च्यालेन्जर्सबीचको खेल ८ ओभरको हुने भएको छ । खेलमा रुपन्देही च्यालेंजर्सले टस जित्दै बलिङ् रोजेको छ ।
शुक्रबार रातिको हावा हुरीसहितको वर्षाले मैदान पूरै भिजेपछि पहिलो खेल कुन सकेको थिएन । मैदान सुक्न समय लागेपछि दोस्रो खेल पनि ८ ओभरमा झारिएको म्याच अफिसियल विनय कुमार झाले जानकारी दिए। खेल ३ : १५ बजे एसएसपी खेल मैदानमा सुरु हुनेछ । प्रतियोगिताबाट बाहिरिसकेको रुपन्देहीलाई यो खेल प्रतिष्ठाको लागि मात्रै रहनेछ ।
यता, टिम चौराहा धनगढीलाई भने प्ले अफमा स्थान सुरक्षित गर्न यो खेलमा जित हात पार्दै प्ले अफको बाटोलाई थप सहज बनाउने लक्ष्यमा हुनेछ । प्रतियोगितामा रुपेन्देहीले एक खेल पनि जित्न सकेको छैन । चौराहाले समान २ जित र दुई हार बेहोरेको छ । काठमाडौं गोल्डेन्स प्रतियोगिताको प्ले अफमा पुगिसकेको छ भने, महेन्द्रनगर युनाइटेड प्ले अफ नजिक छ ।
May 1, 2025
एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]
April 30, 2025
एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सलाई १ सय ९१ रनको चुनौति दिएको छ। पन्जाबले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो। ४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो। चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको […]
April 30, 2025
एजेन्सी – पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेलमा टस जितेको छ। चेन्नई सुपर किङ्ससँगको खेलमा पन्जाबले टस जितेर फिल्डिङ रोजेको छ। अंक तालिकामा पन्जाब पाचौं र चेन्नई पुछारमा छ।