default_image

7 years ago

April 7, 2018

महेन्द्रनगर र अत्तरियाको खेल रद्द:महेन्द्रनगर प्ले-अफमा

74 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद)– धनगढीमा जारी रुस्लान डिपिएल–२ अन्तर्गतको महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरियाबीचको पहिलो खेल वर्षाले जमेको पानीका कारण रद्द भएको छ । शुक्रबार राति परेको हावाहुरीसहितको वर्षाका कारण महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरियाबीचको खेल प्रभावित भएको हो । यि दुई टोलिले १-१ अंक बाढे पछि  महेन्द्रनगर युनाइटेड प्रतियोगितामा प्ले-अफ प्रवेश गर्ने दोस्रो टोली बनेको छ ।

शुक्रबार राति परेको वर्षाका कारण मैदानमा पानी जमेपछि खेल हुन नसकेको हो ।  मैदानमा बिहानैदेखि पानी सुकाउने क्रम जारी रहेपनि खेल खेलाउन योग्य हुन सकेन ।

धनगढी टिम चौराहा र विराटनगर किङ्सपनि प्ले अफ नजिक छ । टिम चौराहा धनगढी र प्रतियोगिताबाट बाहिरिसकेको रुपन्देहीबीचको दोस्रो खेल पनि समयमा सुरुआत हुने सम्भावना न्युन छ । यस खेलमा जित हात पारेमा चौराहा प्लेअफमा पुग्नेछ भने पराजित भएमा अन्य टोलीको नतिजा कुर्नुपर्नेछ ।

May 1, 2025

चेन्नई आइपिएलको प्ले अफ दौडबाट बाहिरियो

एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]

April 30, 2025

पन्जाब किङ्सलाई सामान्य चुनौती

एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सलाई १ सय ९१ रनको चुनौति दिएको छ। पन्जाबले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो। ४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो। चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको […]

April 30, 2025

पन्जाबले टस जित्यो

एजेन्सी – पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेलमा टस जितेको छ। चेन्नई सुपर किङ्ससँगको खेलमा पन्जाबले टस जितेर फिल्डिङ रोजेको छ। अंक तालिकामा पन्जाब पाचौं र चेन्नई पुछारमा छ।

Success

Thank you for your time.