7 years ago
April 7, 2018
धनगढी (हाम्रो खेलकुद)– धनगढीमा जारी रुस्लान डिपिएल–२ अन्तर्गतको महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरियाबीचको पहिलो खेल वर्षाले प्रभावित भएको छ । शुक्रबार राति परेको हावाहुरीसहितको वर्षाका कारण महेन्द्रनगर युनाइटेड र सिवाइसी अत्तरियाबीचको खेल प्रभावित भएको हो ।
शुक्रबार राति परेको वर्षाका मैदानमा पानी जमेका कारण निर्धारित समयमा खेल हुन नसकेको हो । दुवै टिमका खेलाडी र अफिसियल्स मैदानमा पुगिसकेका छन् । मैदानमा बिहानैदेखि पानी सुकाउने काम जारी छ । यधपी खेल हुने सम्भवना भने निकै न्युन रहेको छ।
मैदान तयार नभए दुवै टोलीले १–१ अंक बाड्नेछ । खेल हुन नसके महेन्द्रनगर युनाइटेड प्ले अफमा प्रवेश गर्नेछ भने, सिवाइसी अत्तरियालाई प्ले अफ पुग्न आइतबार हुने विराटनगरविरुद्धको खेल जित्नैपर्ने हुन्छ । लिग चरणमा महेन्द्रनगर ३ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा छ । अत्तरियाको ३ खेलबाट २ अंक जोडेर पाँचौ स्थानमा छ ।
धनगढी टिम चौराहा र विराटनगर किङ्सपनि प्ले अफ नजिक छ । टिम चौराहा धनगढी र प्रतियोगिताबाट बाहिरिसकेको रुपन्देहीबीचको दोस्रो खेलका लागि मैदान तयार भइसक्ने आयोजकले जनाएको छ । यस खेलमा जित हात पारेमा चौराहा प्लेअफमा पुग्नेछ भने पराजित भएमा अन्य टोलीको नतिजा कुर्नुपर्नेछ ।
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगान्डामा जारी चारदेशिय महिला टि ट्वान्टी आई सिरिजमा नामिबियाविरुद्ध नेपालले टस जितेको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा नामिबियाविरुद्ध नेपालकी कप्तान इन्दु बर्माले टस जितेर बलिङ रोजेकी हुन् । सिरिजमा खेलेको ३ मध्ये २ मा पराजित दुवै टोली दोस्रो जितको खोजीमा रहेका छन् । सिरिज अन्तर्गत यसअघि भएको खेलमा नामिबियाले नेपाली महिला […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]