7 years ago
April 6, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने वा इन्डियन प्रिमियर लिग (आइपिएल) टोली दिल्ली डेयर डेभिल्सका समर्थकले अब राजधानीमै दिल्लीको जर्सी किन्न पाउने भएका छन् । आइपिएल सुरु हुन एक दिन मात्र बाँकी रहँदा स्पोर्टस् युनिभर्सले दिल्ली डेयर डेभिल्सको जर्सी विक्रीका लागि ल्याएको छ ।
‘क्रिकेट र त्यसमा पनि सन्दीपका फ्यानहरुको माग बढेपछि हामीले जर्सी ल्याउने निर्णय गरेको हौं,’ स्पोर्टस् युनिभर्सका प्रबन्ध निर्देशक दीपक विष्टले भने, ‘क्रिकेट अहिले पछिल्लो समयमा निकै लोकप्रिय भइरहेको छ , त्यसमा सन्दीप दिल्लीमा आबद्ध भएपछि यसअघि क्रिकेटमा चासो नराख्नेले पनि राख्न थालेका छन् । यो नेपाली खेलकुदका लागि सुखद पक्ष हो । ‘
आइपिएल नेपाली क्रिकेट समर्थकले पनि निकै पछ्याइरहेको पाइन्छ । सन्दीपकै कारण नेपालीले यसपटकको सिजन झनै बढी आइपिएल पछ्याउने सम्भावना छ । सन्दीप अहिले टोलीसँगै अभ्यास गरिरहेका छन् ।
टोलीका कप्तान रिकी पोन्टिङ जुन सुकै खेलाडीले मौका पाउन सक्ने बताएपछि सन्दीपले पनि खेल्न पाउने आशा गरिएको छ । दिल्लीले आइतबार पहिलो खेल खेल्दैछ ।
सन्दीपसँगको सम्झौताका लागि दिल्ली डेयर डेभिल्सका सिइओ नेपाल आउँदा स्पोर्टस् युनिभर्सका भेट गरेपछि टोलीको जर्सी स्पोर्टस युनिभर्सले बेच्ने सहमति बनेको ओलम्पियन समेत रहेका विष्टले बताएका छन् । बानेश्वर रहेका स्पोर्टस् युनिभर्समा अधिकांश खेलका खेल सामाग्री पाइने बताइएको छ ।
March 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगान्डामा जारी चारदेशिय महिला टि ट्वान्टी आई सिरिजमा नामिबियाविरुद्ध नेपालले टस जितेको छ । युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा नामिबियाविरुद्ध नेपालकी कप्तान इन्दु बर्माले टस जितेर बलिङ रोजेकी हुन् । सिरिजमा खेलेको ३ मध्ये २ मा पराजित दुवै टोली दोस्रो जितको खोजीमा रहेका छन् । सिरिज अन्तर्गत यसअघि भएको खेलमा नामिबियाले नेपाली महिला […]
March 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी खेलकुद समितिबाट पहिलो पटक आयोजित आइजिपी कप क्रिकेट प्रतियोगिताको पहिलो दिन सुदुरपश्चिम र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन समारोह मुलपानी क्रिकेट मैदानमा भएको थियो । उद्घाटन […]
March 11, 2025
हिमाल खरेल, मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर-४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। आज बिर्तामोड झापा क्रिकेट क्लबलाई २५ रनले हराउँदै पेनोरिस–११ अन्तिम चारमा प्रवेश गरेको हो । सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियोे । पेनोरिसका लागि सुनिल […]