7 years ago
April 6, 2018
धनगढी (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काको नेतृत्वमा रहेको विराटनगर किङ्सलाई रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) मा राष्ट्रिय टोलीका उप-कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको काठमाडौं गोल्डेन्सले ५ विकेटले पराजित गरेको हो । प्रतियोगितामा चौथो जित हात पारेको काठमाडौं का लागि कप्तानको प्रेरणादायी भूमिका निभ्याउदै जित तर्फ डोहोर्याएका ज्ञानेन्द्र मल्ल म्यान अफ द म्याच घोषित हुदै नगद रु १० हजार प्राप्त गरे ।
यस नतिजा पश्चात काठमाडौं ८ अंक सहित पहिलो स्थानमा छ भने विराटनगर तेस्रो स्थानमा यथावत रहेको छ । एसएसी मैदान धनगढीमा विराटनगर किङ्सले दिएको १ सय ६५ रनको गतिलो लक्ष्य पछ्याएको काठमाण्डौले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । १ रन चाहिएको खेलको अन्तिम बलमा कप्तान ज्ञानेन्द्र मल्लले छक्का प्रहार गर्दै जित सुनिस्चित गरे ।
प्रतियोगितामा यस अघिका खेलहरुमा राम्रो सुरुआत गरिरहेका काठमाडौंमा ओपनिंग ब्याट्सम्यानहरु सुबोध भाटी र अमित श्रेष्ठले गतिलो योगदान दिन सकेनन् । भाटीले १४ बलमा १० र अमितले ७ बलमा ५ रन प्रहार गरे । तेस्रो स्थानमा ब्याटिङ् गर्न आएका भुपेन्द्र थापाले २८ बलमा ३६ रन प्रहार गरे भने पाँचौ नम्बरमा ब्याटिङ् गर्न उत्रेका नरेश बुढायरले ४ बलको सामना गर्दा खाता खोल्न सकेनन् ।
काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ६८ रन प्रहार गर्द नटआउट रहे। उनले ४० बल खेल्ने क्रममा ५ चौका र ४ छक्का प्रहार गरे। कप्तान मल्लले १७ बलमा २४ रन प्रहार गरेका पुष्प थापासँग ५ औँ विकेटका लागि ४७ रनको साझेदारी गरेका थिए । ७ औ नम्बरमा ब्याटिङ् गर्न आएका सनी पटेलले १० बलमा २५ रन प्रहार गरे। मल्ल र पटेलले १६ बलमा ३७ रनको साझेदारी गरेका थिए ।
विराटनगरका लागि वसन्त रेग्मीले २ तथा पारस खड्का, सुभम कामत र मन्जित श्रेष्ठले १-१ विकेट लिए ।
त्यस अघि टस जितेर ब्याटिङ् रोजेको विराटनगरले निर्धारित २० ओभर पुरा खेल्दै ८ विकेट गुमाएर १ सय ६४ रन प्रहार गरेको थियो । चौथो ओभरमा सुबोध भाटिको बलमा नरेश बुढायरले क्याच फुत्काएपछि जीवनदान पाएका अनिल कुमार शाहले दिलिप नाथसँग मिलेर पहिलो विकेटको लागि ३८ रनको साझेदारी गरेका थिए । दिलिपले २७ बलमा ३३ र अनिलले २२ बलमा १० रन प्रहार गरेका थिए ।
May 1, 2025
एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]
April 30, 2025
एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सलाई १ सय ९१ रनको चुनौति दिएको छ। पन्जाबले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो। ४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो। चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको […]
April 30, 2025
एजेन्सी – पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेलमा टस जितेको छ। चेन्नई सुपर किङ्ससँगको खेलमा पन्जाबले टस जितेर फिल्डिङ रोजेको छ। अंक तालिकामा पन्जाब पाचौं र चेन्नई पुछारमा छ।