default_image

7 years ago

April 5, 2018

रुपन्देहीको अर्को हार : महेन्द्रनगरसँग ४ विकेटले पराजित

84 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद)– महेन्द्रनगर युनाइटेडले रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) मा दोस्रो जित हात पारेको छ । महेन्द्रनगर युनाइटेडले रुपन्देही च्यालेंजर्सलाई ४ विकेटले पराजित गरेको हो । बलिङ्तर्फ ४ विकेट र ब्याटिङ्तर्फ ४५ रन प्रहार गरेका पुनित बिष्ट खेलको म्यान अफ द म्याच घोषित भए ।

यो नतिजा पश्चात महेन्द्रनगर युनाइटेड, विराटनगर किङ्स र र टिम चौराहा धनगढ़ीको समान ४ अंक भएपनि नेट रन रेटको आधारमा महेन्द्रनगर दोस्रो स्थानमा उक्लेको छ  भने अहिलेसम्म ४ खेल खेल्ने क्रममा कुनै खेल जित्न नसकेको रुपन्देही अंक तालिकाको पुछारमा रहेको छ । अब एक खेलमात्र खेल्न बाँकी रहेको रुपन्देहीको प्ले-अफमा पुग्ने गणितीय सम्भावना पनि समाप्त भए संगै प्रतियोगिताबाट बाहिरिएको छ ।

रुपन्देही च्यालेंजर्सले दिएको १ सय ४५ रनको लक्ष्य  महेन्द्रनगर युनाइटेडले १८.५ ओभरमा ६ विकेट पुरा गरेको थियो । महेन्द्रनगरका ओपनर आसिफ शेख ५ र तेस्रो नम्बरमा ब्याटिङ् गर्न आएका कारण केसी शुन्यमै आउट भएपनि अर्का ओपनर पुनित बिष्ट र कप्तान बिनोद भण्डारीले ३१ बलमै ५७ रनको बिष्फोटक साझेदारी गर्दै टिमलाई जित तर्फको बाटो देखाएका थिए। बिष्टले २२ बलमा ४५ रन बनाउदै सुसन भारीको बलमा बोल्ड भएका थिए ।

महेन्द्रनगरका हरिशंखर शाह शुन्य र आरिफ शेख ४ रन बनाउदै आउट भए । १६ रन प्रहार गरेका पुनित मेहरा  र  ७ प्रहार गरेका रोहित कुमार पौडेल नट आउट रहे । महेन्द्रनगरका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक ६१ रन प्रहार गरेका थिए । बलिङ्तर्फ रुपन्देही च्यालेंजर्सका लागि सुसन भारी श्रेष्ठ र दिपेश श्रेष्ठले २-२ विकेट लिए भने सागर पुनले एक विकेट लिए ।

त्यस अघि  टस जितेर ब्याटिङ गर्न उत्रेको रुपन्देहीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १ सय ४४ रनको स्कोर खडा गरेको हो । इनिंगको चौथो ओभरमै ११ रनको स्थितिमा सोनु अन्सारीलाई व्यक्तिगत २ रनमै गुमाएको रुपन्देहीका अर्का ओपनर प्रदिप एरी र यु-१६का खेलाडी कुशल मल्ललेल ५१ रनको साझेदारी गर्दै टोलीको स्कोर ६२ पुर्याएका थिए ।

प्रदिपले ३२ बलमा ३९ तथा कुशलले २२ बलमा १५ रन प्रहार गरेका थिए । अगिल्लो खेलहरुमा  ठुलो  स्कोर बनाउन नसकेका  सागर पुन पुन: १६ बलमा २८ रन बनाउदै आउट भए । उनले २ छक्का र १  चौका   प्रहार गरेका थिए। अन्य ब्याट्सम्यानहरु दिपक प्रशादले १७, सुफ्याँन महमुद, सुसन भारी र अमर सिंह राउटेलाले ९-९ रन प्रहार गरे भने शक्ति गौचन ३ रन प्रहार गर्दै नट आउट रहे ।

महेन्द्रनगर युनाइटेडका लागि पुनित बिष्टले ४ ओभर बलिङ् गर्दै ११ रन खर्चेर ४ विकेट लिएका थिए । अन्य बलरहरु अभिनाश कर्ण, करण केसी, भुवन कार्की र पुनित मेहरा १-१ विकेट लिन सफल भए ।

May 1, 2025

चेन्नई आइपिएलको प्ले अफ दौडबाट बाहिरियो

एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]

April 30, 2025

पन्जाब किङ्सलाई सामान्य चुनौती

एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सलाई १ सय ९१ रनको चुनौति दिएको छ। पन्जाबले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो। ४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो। चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको […]

April 30, 2025

पन्जाबले टस जित्यो

एजेन्सी – पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेलमा टस जितेको छ। चेन्नई सुपर किङ्ससँगको खेलमा पन्जाबले टस जितेर फिल्डिङ रोजेको छ। अंक तालिकामा पन्जाब पाचौं र चेन्नई पुछारमा छ।

Success

Thank you for your time.