default_image

7 years ago

April 5, 2018

चौराहालाई विराटनगरको १ सय २८ रनको चुनौती

75 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – रुस्लान धनगढी प्रिमियर लिगको आजको पहिलो खेलमा लगातार दुई खेलमा जित हात पारिसकेको विराटनगर किङ्सले टिम चौराहा धनगढीलाई १ सय २८ रनको लक्ष्य दिएको छ। चौराहाका कप्तान सोमपाल कामीले टस जित्दै बिराटनगर किङ्सलाई ब्याटिंग गर्ने निम्तो दिएका थिए । 

प्रतियोगितामा विराटनगरले २ खेल खेल्दै १ मा जित हात पारेको छ भने चौराहाको ३ खेलमा २ जित रहेको छ । आज जित हासिल गरेको खण्डमा चौराहाको अर्को चरणमा प्रवेश गर्ने सम्भावना प्रबल हुनेछ।

टस हारेर ब्याटिङमा उत्रेको बिराटनगरले १९.५ ओभरमा सम्पूर्ण विकेट गुमाउदै १ सय २७ रनको स्कोर खडा गरेको हो । इनिंगको दोस्रो ओभरमै १० रनको स्थितिमा दिलिप नाथलाई व्यक्तिगत ४ रनमै गुमाएको विराटनगरका अर्का ओपनर अनिल शाह र बाबर हयातले १९ बलमै ३१ रनको साझेदारी गर्दा ठुलो स्कोर खाडा गर्ने संकेत देखाए पनि त्यसपछि निरन्तर विकेट गुमाउँदा दवावमा देखिएको थियो।

अनिल शाहलाई व्यक्तिगत २४ रनमा गुमाएको विराटनगरले अर्को १४ रन बनाउदा हायात, पृथु बास्कोटा र कप्तान पारस खड्कालाई गुमाएको थियो । हायातले १५, पृथुले ३ तथा परासले २ रन प्रहार गरे । चौराहाका लागि पहिलो ५ मध्ये ४ विकेट सुनिल धमलाले लिएका थिए ।  त्यस पछि ब्याटिङ् गर्न आएका पवन सराफले टिमका लागि सर्वाधिक ४१ रन प्रहार गरेका थिए ।

विराटनगर किङ्सका लागि अन्य ब्याट्सम्यानहरु शुभम कामतले १८, अमित श्रेष्ठले ६, सौरभ खनालले १ र वसन्त रेग्मीले ६ रन प्रहार गरे भने राम नरेश गिरी १ रन प्रहार गर्दै नटआउट रहे । टिम चौराहा धनगढ़ीका लागि सुनिल धमलाले ४, रोहन मुस्तफा र कप्तान सोमपाल कामीले २-२ तथा ललित सिंह भण्डारी र संसद शेखले १-१ विकेट हात परेका थिए।

May 1, 2025

चेन्नई आइपिएलको प्ले अफ दौडबाट बाहिरियो

एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]

April 30, 2025

पन्जाब किङ्सलाई सामान्य चुनौती

एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सलाई १ सय ९१ रनको चुनौति दिएको छ। पन्जाबले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो। ४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो। चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको […]

April 30, 2025

पन्जाबले टस जित्यो

एजेन्सी – पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेलमा टस जितेको छ। चेन्नई सुपर किङ्ससँगको खेलमा पन्जाबले टस जितेर फिल्डिङ रोजेको छ। अंक तालिकामा पन्जाब पाचौं र चेन्नई पुछारमा छ।

Success

Thank you for your time.