default_image

7 years ago

April 4, 2018

रुस्लान डिपिएल २ – काठमाडौं गोल्डेन्स प्ले अफ नजिक

72 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय टोलीका उप कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा रहेको काठमाडौं गोल्डेन्स रुस्लान धनगढी प्रिमियर लिग ९डिपिएल०–२ को प्ले अफको नजिक पुगेको छ । लगातार तेस्रो जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको काठमाडौंले विराटनगर किङ्स र टिम चौराहा धनगढीसँग खेल्न बाँकी छ । 

काठमाडौंको ६ अंक छ भने ४ अंकसहित धनगढी टिम चौराहा दोस्रो स्थानमा छ । तेस्रो स्थानको सिवाईसी अत्तरिया, महेन्द्रनगर युनाइटेड र विराटनगर किङ्सको समान २ अंक छ । सबै तीन खेल हारेको रुपन्देही च्यालेन्जर्सको अहिले सम्म अंक छैन ।

एसएसी मैदान धनगढीमा बुधबार भएको दोस्रो खेलमा सिवाइसी अत्तरियालाई काठमाडौंले ११ रनले पराजित गरेको हो । काठमाडौं गोल्डेन्सले दिएको १ सय ३८ रनको लक्ष्य पछ्याएको अत्तरियालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २६ रनमात्र बनाउन सक्यो ।

खराव सुरुवात गरेको अत्तरियाका मध्यक्रमका गौरव चितकाराले सर्वाधिक ३६ रन बटुलेका थिए । सन्दिप जोराले २१ रन जोडे । विपीन चन्द्र २६ रनमा नटआउट रहे । शुभांकर उराओ १२ रनमा पभेलियन फर्किए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

काठमाडौंका सुवोध भाटीले ३ विकेट लिए । सन्नी पटेल र रसिद खानले समान २ विकेट लिदा शाहव आलमले १ विकेट आफ्नो नाममा लेखाए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौैंले ज्ञानेन्द्रको अर्धशतकसँगै ९ विकेट गुमाएर १ सय ३७ रन बनाएको हो । ज्ञानेन्द्रले ५७ रन बनाए । ४३ बल खेलेका ज्ञानेन्द्रले ४ चौका र ३ छक्का प्रहार गरे । यस्तै नरेश बुढाऐरले २७ रन जोडे । रसिद खानले १६ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

अत्तरियकाशुभांकर उराओले ३ विकेट लिए । कृष्णा कार्की र विपीन चन्द्रले समान २ विकेट लिए । दीपेन्द्र ऐरी र कमलसिंह ऐरीले समान १ विकेट लिए । काठमाडौंका सुवोध म्यान अफ दी म्याच घोषित भएर उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

May 1, 2025

चेन्नई आइपिएलको प्ले अफ दौडबाट बाहिरियो

एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]

April 30, 2025

पन्जाब किङ्सलाई सामान्य चुनौती

एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सलाई १ सय ९१ रनको चुनौति दिएको छ। पन्जाबले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो। ४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो। चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको […]

April 30, 2025

पन्जाबले टस जित्यो

एजेन्सी – पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेलमा टस जितेको छ। चेन्नई सुपर किङ्ससँगको खेलमा पन्जाबले टस जितेर फिल्डिङ रोजेको छ। अंक तालिकामा पन्जाब पाचौं र चेन्नई पुछारमा छ।

Success

Thank you for your time.